काठमाडौं– चेल्सीले नर्विच सिटीमाथि सहज जित हात पारेको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेल्सीले नर्विच सिटीलाई ३–१ गोल अन्तरले हराएको हो।
चेल्सीको जितमा ट्रिभोअ चलोवाह, मासन माउन्ट र काई हाभर्टजले गोल गरे । घरेलु टोलीका टिमु पुकीले एक गोल फर्काए।
खेलको तेस्रो मिनेटमै ट्रेभो चालोबाहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। उनले मासन माउन्टको पासमा गोल गरेका थिए। खेलको १४ औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए। उनले काई हाभर्टजको पासमा गोल गरेकाका थिए।
खेलको ६९ औं मिनेटमा टिमु पुकीले पेनाल्टीमा गोल गर्दै नर्विचलाई २–१ को स्थितिमा ल्याए। खेलको ९०औं मिनेटमा काइ हाभर्टजले एङ्गोलो कान्टेको पासमा गोल गर्दै चेल्सीलाई ३–१ को जित दिलाए।
यस जितसँगै २७ खेलमा ५६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा यथावत् रहेको छ। पराजित नर्विच १७ अंक जोडेर लिग तालिकाको पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।