काठमाडौं– क्याटलान क्लब बार्सिलोना युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ। बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना घरेलु मैदानमै टर्किस क्लब गालाटासारेसँग गोलरहित बराबरीमा रोकिएको हो।
बार्सिलोनाले गालाटासारेलाई दवावमा राखे पनि गोल गर्नभने सकेन। गलाटासारेका गोलरक्षक इनाकी पेनाले बार्सिलोनाको आक्रमणलाई एकपछि अर्काे निस्तेज पारेका थिए। अब दोस्रो लेग गालाटासारेको मैदानमा १७ मार्चमा हुनेछ।
यो बराबरीसँगै बार्सिलोना पछिल्लो ९ खेलसम्म अपराजित रहन सफल भयो। बार्सिलोनाले कोपा डेल रेमा एथलेटिको बिल्वाओसँग ३–२ ले पराजित भएयता अपराजित रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।