काठमाडौं- ए डिभिजन क्लब फ्रेन्ड्स क्लब सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो।
फ्रेन्ड्सलाई फाईनल पुराउनका लागि जमोउल एन्थोनी फ्रान्कोईस र राजीव लोप्चनले एक एक गोल गरे। बागमतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए।
खेलको ६४ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए। यस्तै, ७१ औं मिनेटमा राजीवले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए।
खेलको ८३ औं मिनेटमा जुनियरले गोल गरेपनि बागमती २–१ ले पराजित भयो। गोल्डकपको फाइनल खेल शनिबार धनगढी रंगशालामा हुनेछ। फ्रेन्ड्सले उपाधिका लागि मनाङसँग प्रतिस्पर्धा गर्ने छ।
पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।