• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

भाषाशैली राम्रो-मीठो

64x64
नेपाल लाइभ शुक्रबार, असोज २०, २०७४  ०८:२९
1140x725

परिष्कृत भाषा र राम्रो-मीठो शैली रचनाका सौन्दर्य र प्रवाह हुन् । यस्तै भाषाशैलीद्वारा अभिव्यक्ति प्रस्ट हुन्छ र रचनाका सम्पूर्ण अंग पुस्टिन्छन् । भाषाशैली नै ठीक नभए भन्न खोजेको कुरा पनि फुत्किन्छ, अलपत्र पर्छ र गज्याङमज्याङ अर्थदेखि विश्लेषणका साधनसम्म चुर्लुम्म भएर अनुभव लिँदै जानुपर्छ।

रचनामा भनाइको अनौठो पारा अत्यन्त आकर्षक हुन्छ । सक्कली र झर्रा शब्दले शैलीमा पालिस लगाउँछन्, भावपूर्ण र सुहाउँदिला शब्दले खुल्दो अर्थ दिन्छन् । हामी 'दुर्वासा आयो' भन्छौं- रिसाएका मानिसको चित्र सामुन्ने आउँछ । 'खोलो सुसाए जस्तो जिन्दगी' र 'पम्फा जस्तो कोमल' उपमाले जीवनका मार्मिकता र कोमलताको सजीव चित्र उतारिदिन्छन्।

यसरी उपमाका नयाँ प्रयोगले शैली छरितो र कलात्मक हुन्छ । वाग्धारायुक्त भाषाले त्यसमा विलक्षणता ल्याइदिन्छ- 'तीन तारा देख्नु, फुल पार्नु' बाट जुन अर्थ पाइन्छ, त्यति संक्षेपमा वा अरु कुनै पनि शब्द जोरेर त्यत्तिकै गहिरो अर्थ ल्याउन सकिँदैन । यसरी नै उखान-तुक्काले कथन वा तथ्यको राम्रो पुष्टि गर्छ र कुराको निचोर नै भाषामा पोखिदिन्छ; जस्तो 'चिप्ला मुखको अमिलो पेट, नमच्चिने पिङको सय झड्का' आदिबाट छर्लङ्गिने गर्छ।

विचारणीय छ- जुन विषय, जुन अवस्थामा, जसका लागि लेखिन्छ, त्यसै अनुसारको भाषा र शैली हुनुपर्छ । कुनैकुनै बेला स्वाभाविकता देखाउन बोलचालको भाषा पनि प्रयोग गर्नुपर्छ । नाटक वा कथोपकथनमा सामान्य पात्रले बोल्ने भाषा साहित्यिक किसिमको र गहन भयो भने नसुहाउँदो पाराको हुन्छ । भाषामा गाली गर्ने शब्दमा पनि सुधार र परिवर्तन हुनुपरेको छ । गालीमा प्रयोग हुने 'भोटे, पोडे, थारु, दमाईँ' जस्ता शब्द सिङ्गै जातिविशेषलाई आक्षेप पार्ने, होच्याउने र भेदभाव ल्याउने शब्द हुन्छ । यस्ता शब्दबाट कुनै जाति र त्यस जातिका असल मानिसमा नराम्रो प्रभाव पर्छ, कटुता आउँछ । यसैले यिनको प्रयोग एकदमै त्यागिदिनुपर्छ।

यस्तै, अशिष्ट प्रयोगले पनि रचनालालाई कलुषित पार्छन् । 'भात खान आउनुहोस्' को सट्टा 'घिच्न आउनुहोस्' भन्यौं भने अशिष्ट प्रयोग हुन्छ । 'तीनतिघ्रे', 'कल्चौंडी' जस्ता प्रयोग पनि यस्तै हुन्।

उखान-तुक्काको अशुद्ध प्रयोगले भाषालाई फस्को र बेस्वादिलो बनाइदिन्छ । टुक्कामा 'आँखाको केराउ हुनु, नाकमा तेल हाल्नु' र उखानमा 'नाच्न नजान्ने आकाश टेढो, हुने हाँगाका चिल्ला पात' जस्ता प्रयोग गरिए भने तिनमा भएको मौलिकता मर्छ, मिल्दै मिल्दैन । यसैले 'आँखाको पुतली हुनु, वा कसिंगर हुनु, कानमा तेल हाल्नु, नाच्न नजान्ने आँगन टेढो, हुने विरुवाको चिल्लो पात' नै प्रयोग गर्नुपर्छ । बरु जिब्रोमा खारिँदा-खारिँदा अरु नै नयाँ टुक्का र उखान तयार हुन्छन्; भाषाको प्रकृतिसित मिल्ने गरी बनाउन र चलाउन पनि सकिन्छ, तर चल्तीका उखान-टुक्कामा शब्दको फेरफार गर्दा तिनमा भएको सजीवता रहँदैन।

भाषाशैली प्रभावकारी भएमा हृदय छुन्छ, चिमोट्छ, तर तिनलाई सजाउने भ्रममा जालेमाले पार्नु र निरर्थक तानाबाना जोड्नु बैगुन मात्र हो । 'पाल्नुहोस्, विश्राम गरौं' भनेर पुग्ने ठाउँङ्गा 'मान्यवरको थकित तनलाई सुखरञ्जनसमन्वित पार्नका हेतु शय्यामा पदार्पण होस्' भन्ने हो भने त्यो माकुराको जालो जस्तो हुन्छ, 'साटर्डे म यहाँलाई मिट गर्छु' भन्ने हो भने नेपाली भाषाको अस्तित्व मेटाउने र त्यसलाई ह्रास गराउने कुचाल ठाने हुन्छ।

भाषाको चमत्कार झरनाको संगीत पनि हो, बादलको कड्कन पनि हो । विशेष अवसरमा यस चमत्कारको ठूलो शक्ति हुन्छ । त्यस शक्तिले मानिसलाई कस्तै अप्ठ्यारो स्थितिमा पनि जोगाउन सक्छ।

nimb
nimb
Ncell 2
Ncell 2

बनार्ड शा एकपल्ट एउटी स्वास्नीमान्छेसित कुरा गर्दै थिए । त्यो स्वास्नीमान्छे उनीसित बिहे गर्न चाहन्थी । बनार्ड शाको मन आफूपट्टि तान्नका निम्ति उसले भनी- 'हामीबाट नानी जन्म्यो भने त्यसको रुप मेरो र बुद्धि तपाईंको होला हगि ?'

शा बोल्नमा उस्ताद थिए । उनले तुरुन्त जवाफ दिए- 'त्यो नानीले रुप मेरो र बुद्धि तिम्रो पायो भने नि ?'
स्वास्नीमान्छे नाजवाफ भई।

वीरबल अटकको युद्धमा गएका थिए । युद्धको गम्भीर खबरले अकबरको मन चिन्तित भयो । उनले 'वीरबल मरेको समाचार दिनेको ज्यान लिइनेछ' भन्ने ढोल पिटाए । संयोग, वीरबल युद्धमा मारिए । यो खबर लैजाने कसैको साहस भएन, खबर पनि नदिई हुँदैनथ्यो । अन्तमा एउटा कविले चलाखीसाथ दरबारमा गएर बिन्ती गरे- 'सरकार, अटक त हात लागेन-लागेन, वीरबलसँगै सारा दरबारको शोभा पनि गयो।'

अकबरले सोधे- 'के वीरबल मारिए ?'

'सरकार आफैं भन्दै हुनुहुन्छ । मैले त केही भनेको छैन', कविले उत्तर दिए।

चर्चिलले युवावस्थामा जुँगा पालेका थिए । एकदिन सहभोजमा एउटी युवतीले भनी- 'तपाईंको फोहोरी राजनीति र जुँगा दुवै मलाई कत्ति मन पर्दैन।'

चर्चिलले झटपट उत्तर दिए- 'नडराउनुहोस्, तपाईं यीमध्ये कुनैका सम्पर्कमा पनि आउन पाउनुहुन्न।'

माथिका उदाहरण सबै वाक्‌चमत्कार हुन्, तर कुनै बेला तिनमा प्रयोग ठेगानासित भएन भने अनर्थ पनि हुन्छ । भाव-प्रकाशनमा शिल्पचातुर्यको जति महत्त्व छ, शिष्टता, अनुशासन र सौन्दर्यको पनि त्यत्तिकै आवश्यकता हुन्छ । यसरी प्रयास गर्दागर्दै आफ्नै निजी र विशिष्ट शैली बन्न सक्छ । त्यसको छाप रचनामा नपरी छाड्दैन । रचनाकार भाषा र शैलीद्वारा नै सबैबाट परिचित हुन्छ।

(राम्रो रचना मीठो नेपाली, २०२३ बाट।)

प्रकाशित मिति: शुक्रबार, असोज २०, २०७४  ०८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
मानवअधिकार आयोगको प्रतिवेदनबारे ओलीले के भने ?
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनबारे ओलीले के भने ? बुधबार, जेठ २०, २०८३
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न बुधबार, जेठ २०, २०८३
सम्पत्ति छानबिन आयोग नमान्ने र बयान पनि नदिने ओलीको घोषणा बुधबार, जेठ २०, २०८३
प्रतिनिधि सभा निर्वाचनपछि कम्युनिस्ट आन्दोलनले ठुलो चुनौती भोगेको पौडेलको भनाइ बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
करिब ५५ लाख रुपैयाँ लुकाएर मलेसिया जान लागेका एयरलाइन्सका एक कर्मचारी पक्राउ मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्