काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा श्री कुमारी क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी) ले बराबरी खेलेका छन्।
एन्फा कम्पलेक्समा भएको खेलमा कुमारी र आरसीटीले १–१ गोलको बराबरी खेलेका हुन्।
कुमारीका लागि सुजन राज गौतमले गोल गरे भने आरसीटीका लागि प्रज्वल गुरुङले बराबरी गोल फर्काए।
खेलको चौथों मिनेटमा सुजनले कुमारीलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, त्यसको एक मिनेट बित्न नपाउदै पाँचौ मिनेटमा आरसीटीका प्रज्ज्वलले गोल खेललाई बराबरीमा ल्याए। बाँकी समय दुवै टोलीबाट गोल हुन नसक्दा १/१ अंक बाँडे।
कुमारीको यो लगातार तेस्रो बराबरी हो। कुमारीको ३ अंक पुगेको छ। यता, आरसीटीले भने तीनमध्ये एक खेल जितेको छ। यस्तै, एक खेलमा बराबरी तथा एक खेलमा पराजय भोगेको छ।
आरसीटीको ४ अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।