काठमाडौं- झापा गोल्ड कपको आजको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ। भारत दार्जिलिङको एमएफसी क्लबलाई ३–० ले पराजित गर्दै विजयी बनेको आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ।
आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक/एक गोल गरेका थिए भने खेलको १०औं मिनेटमा विकास तामाङको प्रहार गोलमा परिणत भयो। त्यस्तै, ३५ औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल थपेका थिए।
उनले २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो। त्यसैगरी, खेलको ६८ औं मिनेटमा आर्मीका विकास तामाङ अर्को गोल थपेर जित सुनिश्चित गरेका थिए। आजको खेलको प्लेयर अफ दि म्याच आर्मीका सन्तोष तामाङ भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।