• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धनबारे कांग्रेस रणनीति : एक महिनासम्म धरातल बुझ्ने, त्यसपछि निर्णय गर्ने

64x64
डिबी खड्का बुधबार, फागुन २५, २०७८  १७:३६
1140x725

काठमाडौं– सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेससँग गठबन्धन गर्ने ‘सुनिश्चित’ रहेको भन्दै कार्यकर्तालाई आश्वस्त पारिरहेका छन्। तर, नेपाली कांग्रेसले भने गठबन्धन बनाएर स्थानीय तहको निर्वाचनमा जाने/नजाने विषय तत्कालका लागि स्थगित गरेको छ। यस विषयमा उसले ‘चर्चा–परिचर्चा’ नै नगर्ने रणनीति अख्तियार गरेको छ। 

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले गठबन्धनको चर्चा परिचर्चा नगर्न निर्देशन दिएको प्रवक्ता डा प्रकाशशरण महतले बताए। बुधबार एक महिने चुनावी अभियानबारे पत्रकार सम्मेलन गर्दै महतले सभापति देउवाले उक्त विषयमा अहिले प्रवेश नै नगर्न निर्देशन दिएको उल्लेख गरे। उनले भने, ‘अस्ति सभापतिज्यूले पनि निर्देशन दिइसक्नुभएको छ। गठबन्धनका विषयमा अहिले नै चर्चा परिचर्चा गर्न आवश्यक छैन।’

धरातल महसुस गर्ने पनि, गराउने पनि
कांग्रेसले स्थानीय तहको निर्वाचनअघि चलाउने एक महिने अभियानमा आफ्नो धरातलको यथार्थ विवरण संकलन गर्नेछ। नेता–कार्यकर्तालाई त्यहाँको वस्तुस्थितिबारे रिपोर्ट बनाउन लगाउनेछ। 

त्यसैगरी गठबन्धनमा सहभागी दलको अवस्थालाई समेत सोही रुपमा ‘मूल्यांकन रिपोर्ट’मा प्रस्तुत गर्नेछ। कांग्रेसका एक नेताका अनुसार केन्द्रबाट वडाको अवस्था मूल्यांकन गर्न नसकिने भएकाले अभियानका क्रममा तथ्यांक संकलन हुनेछ। 

पार्टी प्रवक्ता डा महतले पनि बुधबार त्यतैतिर संकेत गरेका छन्। चुनाव आउने एक महिनाअघि अरु दलले पनि आफ्नो ‘हैसियत’ महसुस गरेर बार्गेनिङ गर्ने हुँदा कांग्रेसलाई सहज हुने अनुमान नेताहरुको छ। यस विषयमा डा महतको भनाइ छ, ‘जुनबेला उम्मेदवार उठाउने समय आउँछ, हरेक पार्टीले आफ्नो मूल्यांकन गर्छन्।’

हरेक दलले बढीभन्दा बढी ठाउँ जित्न चाहने बताउँदै जसरी बढी जितिन्छ, त्यहीअनुसार निर्णय हुने उनको भनाइ छ। उनी भन्छन्, ‘हरेक दलले बढीभन्दा बढी ठाउँमा जितिन्छ। जे गर्दा बढी जितिन्छ, त्यहीअनुसार दृष्टिकोण बन्छ। सबैलाई फाइदा छ भने त्यहीअनुसार गठबन्धन बन्छ।’

एक्लै कांग्रेस निर्वाचनमा जाँदा बढी ठाउँ जित्ने अवस्था भए गठबन्धनका लागि आनाकानी गर्न सक्छ। त्यस्तै, कांग्रेसले मूल्यांकन गरेको हैसियतभन्दा बढी सिटमा गठबन्धनका अन्य दलले तालमेलको अपेक्षा गरेमा नकार्न सक्नेछ। सत्ता गठबन्धनका दलहरुले पनि कांग्रेसले दिने संख्याभन्दा आफ्नै बलबुताले बढी सिट हासिल गर्ने मूल्यांकन गर्दा एक्लै चुनाव लड्न सक्नेछन्। नमिल्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई लाभ पुग्ने हिसाबकिताबले पनि गठबन्धन गरेर चुनाव लड्ने वा एक्लै निक्र्योल गर्नेछ। चुनाव प्रचारका साथै त्यही यकिन गर्न कांग्रेसले टोल–टोल पुग्ने अभियान घोषणा गरेको छ। 

महत भन्छन्, ‘अहिले वैशाख ३० को निर्वाचनलाई लिएर आ–आफ्नो तरिकाले कार्यक्रम, रणनीति र विचार लिएर जनताका माझमा जाँदैछौं। गठबन्धनका विषयमा समय आएपछि निर्णय हुन्छ।’

nimb
nimb

देउवाले एकल निर्णय नगर्ने
आगामी संसदीय निर्वाचनसम्म गठबन्धन टिकाउन पर्ने कुरामा देउवा स्पष्ट छन्। त्यही कारण गठबन्धनमा रहेका दलहरुबारे निर्वाचन अभियानका क्रममा तीतो नबोल्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। तर, गठबन्धन बनाएरै निर्वाचनमा जाने वा नजाने विषयको निर्णय उनी आफैंले गर्न चाहेका छैनन्। 

बुधबार उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन तथा कार्यसमितिले यसबारे निर्णय गर्ने बताए। स्थानीय तहको निर्वाचनमा पनि सहयात्री दलहरुको चित्त बुझाएरै अघि बढ्ने देउवाको चाहना छ। त्यसकारण उनले यो विषयलाई निर्वाचनको ‘प्रेसर’ र पार्टीका बहुमत सदस्यको जिम्मामा छाड्न चाहेका हुन्। 

देउवाको निर्देशनअनुसार भन्दै प्रवक्ता महतले भने, ‘अहिले नै गठबन्धन हुनुपर्छ र हुनु हुँदैन भनेर बहस गर्नुपर्ने आवश्यकता छैन। निर्वाचन प्रक्रियामा समय आएपछि निर्णय गर्छौं। हामी प्रष्ट छौं। गठबन्धनले आफ्नो काम अगाडि बढाइरहेको छ।’

यो पनि पढ्नुहोस्

गठबन्धनबारे कांग्रेसको टिप्पणी : जे गर्दा धेरै सिट जितिन्छ, त्यही निर्णय हुन्छ बुधबार, फागुन २५, २०७८

गठबन्धनका नेताहरुले आफ्नो पार्टीमा आगामी चुनाव तालमेल गरेर लड्ने सुनिश्चित भएको बताउन थालेका भन्दै बुधबारको पत्रकार सम्मेलनमा पत्रकारहरुले उपसभापति खड्काबाट तथ्य बुझ्न खोजे। त्यही विषयमा धेरै प्रश्न गरिएपनि उपसभापति खड्काको एउटै जवाफ थियो, ‘तालमेल गर्ने वा नगर्ने विषयमा केन्द्रीय कार्यसमितिले समग्र परिस्थितिको मूल्यांकन गर्छ। चुनावमा कसरी जाने भनेर उद्देश्य र रणनीति तयार पारेर जान्छ।’

अहिले नै गठबन्धन गर्ने वा नगर्ने भन्नेमा कांग्रेस प्रवेश नगर्ने कुरामा उनले पनि जोड दिए। थपे, ‘अहिले नै गठबन्धन गर्नुपर्छ र गर्नुपर्दैन भन्नेमा कांग्रेस प्रवेश गर्दैन। अहिले आफ्नो कार्यक्रम लिएर जाँदैछ।’

कांग्रेसले एक महिने अभियानका लागि आफ्ना केन्द्रीय सदस्यहरुलाई ७७ जिल्लामा खटाएको छ। त्यहाँ उनीहरुले चुनावी रणनीति तय गर्ने, जिम्मेवारी दिने मात्रै होइन एक महिनापछि फर्केर आउँदा कांग्रेसको अवस्थाबारे जानकारी समेत लिएर आउनेछन्। 

कांग्रेसले त्यसपछि मात्रै केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठक राख्नेछ। बैठकमा जिल्लामा खटिएका केन्द्रीय सदस्यहरुले जिल्लाका यथार्थ बताएर सम्भावित रणनीतिबारे सुझाव समेत दिनेछन्। 

त्यही कारणले कांग्रेस उपसभापति खड्काले दोहोर्‍याइरहे, ‘गठबन्धन गर्ने वा नगर्ने विषयमा केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गर्नेछ।’

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय यी केन्द्रबाट आइतबार मात्रै ३, ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्रीको सचिलायले जनाएको छ । सचिवालयका अनुसार न... आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार उनले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट पाँचौं दिनसम्म आइपुग्दा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेका कामकारबाहीबारे जान... आइतबार, भदौ १४, २०८३
बालेन सरकारबारे बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले गरे रविसँग गुनासाे छलफलमा प्रभावित जिल्लाका प्रतिनिधिहरुले सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे सभापति लामिछानेसँग गुनासो पोखेका छन् । आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्