काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने कि एक्लै जाने भन्ने विषयमा 'जे गर्दा धेरै सिट जितिन्छ' त्यही गर्ने बताएको छ।
बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले अहिले नै गठबन्धनका बारेमा कुनै निर्णय गरेकाले जे गरेर पार्टीले धेरै भन्दा धेरै स्थानमा जित हात पार्न सकिन्छ त्यही गर्ने बताएका हुन्।
उनले कार्यसम्पादन समितिको बैठकले पनि गठबन्धनका बारेमा एउटा धारणा बनाएकाले थप टिप्पणी अरु कसैलाई पनि नर्गन आग्रह गरे।
‘गठबन्धनका विषयमा धेरै चर्चा परिचर्चा हुन आवश्यक छैन। पार्टीका नेताहरुलाई पनि म यो आग्रह गर्छु’ उनले भने ‘यो विषयमा धेरै बोलिरहन आवश्यक छैन। पार्टी सभापतिले पनि यही निर्देशन दिनु भएको छ। निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने समयमा निर्णय हुन्छ। जे गर्दा धेरै भन्दा धेरै सिट जितिन्छ त्यही गर्ने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।