काठमाडौं– दोस्रो लेगमा पराजित भए पनि इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। घरेलु मैदानमा इटालियन क्लब इन्टर मिलानसँग १–० ले पराजित लिभरपुल समग्रमा २–१ को जित निकाल्दै अन्तिम आठमा पुगेको हो।
पहिलो लेगमा लिभरपुलले २–० को अवे जित निकालेको थियो। मंगलबार राति एनफिल्डमा पाहुना टोली इन्टर मिलान १० खेलाडीमा समेटिए पनि त्यसको फाइदा लिभरपुलले उठाउन सकेन।
प्रतिस्पर्धात्मक खेलमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई जित दिलाए पनि पहिलो लेगमा हार भोगेका कारण त्यो जित अघिल्लो चरण प्रवेश गर्न पर्याप्त बनेन।
मार्टिनेजले खेलको ६२औं मिनेटमा एलेक्सिस साञ्चेजको पासमा गोल गरेका थिए। खेलको ६३औं मिनेटमा साञ्चेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिका थिए। यसको फाइदा लिभरपुलले उठाउन सकेन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।