• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा एसमा सकिएन एमसीसी विवाद : झलनाथको अडान तलसम्मै छलफल, नेतृत्व भन्छ- यसलाई यहीँ सकौं

64x64
बीपी अनमोल बुधबार, फागुन २५, २०७८  ०९:०१
1140x725

काठमाडौं– अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा असहमति रहेका १२ बुँदाको व्याख्यात्मक घोषणा संसदबाट पारित गरेर सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समेत संसदबाट एमसीसी अनुमोदन गरिसकेका छन्। सत्ता गठबन्धनभित्र व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमतिपछि फागुन १५ गते प्रतिनिधि सभामा ध्वनि मतका आधारमा एमसीसी अनुमोदन भएको हो। तर, यसो हुँदाहुँदै पनि माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र यो निर्णयमा पार्टी एकमत हुन सकेन। 

त्यसमध्ये एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि पार्टीका सम्मानित नेता झलनाथ खनालसहितका नेताहरुले असहमति प्रकट गरे। फागुन १५ गते संसद्मा बोल्ने क्रममा पनि खनालले आफ्नो असन्तुष्टि प्रकट गरे। 

‘व्याख्यात्मक घोषणा नै भए पनि उहाँ त्यसमा असहमत नै हुनुहुन्थ्यो। अहिले पनि उहाँको असन्तुष्टि कायमै छ,’ खनालनिकट एक नेता भन्छन्।

नेकपा एकीकृत समाजवादीभित्र एमसीसीका विषयमा पार्टीले गरेको निर्णय र खनाललगायतको असन्तुष्टि तल्लो तहसम्मका नेता कार्यकर्तामाझ छलफलका लागि लैजानुपर्ने असन्तुष्ट पक्षको माग छ। तर, मुल नेतृत्वले भने यो विषयलाई अहिले पार्टीभित्र छलफल गराउनु आवश्यक नरहेको प्रष्ट पारिसकेको छ।

अध्यक्ष माधवकुमार नेपालले नै व्याख्यात्मक घोषणामार्फत् एमसीसी अनुमोदन गर्ने निर्णयमा किन पुगियो भनेर पार्टी कमिटीका बैठकमा प्रष्ट्याइसकेका छन्। बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा उनले पेश गर्ने राजनीतिक प्रतिवेदनमा पनि यो विषय समावेश गरिएको छ।

‘जस्ताको तस्तै अनुमोदन हुने अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गरिने, हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं। त्यसैक्रममा एमसीसी कम्प्याक्टको सम्झौतासँगै त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो। त्यस धारणामा हामी पनि आधारभुत रूपमा सहमत भयौं।’ 

केन्द्रीय कमिटीको बैठकमा एमसीसीको विषयले प्रवेश पाए पनि त्यही विषयमा गम्भीर छलफल नगर्ने एकीकृत समाजवादीको तयारी छ। अध्यक्ष नेपालले नै पार्टी कमिटी निर्माण र निर्वाचनमा केन्द्रित हुनुपर्ने बेला अब एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयबारे कमिटीमा छलफल र बहसकै रुपमा अघि बढाउन चाहेका छैनन्।

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य दिलु पन्त केन्द्रीय कमिटी बैठकमा केही सदस्यहरुले आफ्नो विचार राखे पनि त्यसै विषयमा बैठक केन्द्रित नरहने बताउँछिन्।

Ncell 2
Ncell 2

‘अनुमोदन गर्नुअघि नै केही नेताहरुको असहमति थियो। अब अनुमोदन नै भइसकेपछि त्यसैमा धेरै अल्झिने कुरा हुँदैन,’ उनी भन्छिन्, ‘निर्णय भइसकेको विषयमा अल्झिने भन्दा पनि पार्टी कमिटी निर्माण र निर्वाचनको विषयमा नै बैठक केन्द्रित हुनेछ।’

तर, पार्टी उपमहासचिव एवम् प्रवक्ता जग्गनाथ खतिवडा एमसीसी अनुमोदन गर्नुको कारण र उत्पन्न परिस्थितिका विषयमा बैठकमा छलफल हुने बताउँछन्। ‘असहमति पार्टीभित्र सुरक्षित छ। असहमत भएका विचार पार्टीभित्र छलफल बहसका क्रममा आउने नै छन्,’ उनले भने, ‘एमसीसी अनुमोदन भए पनि व्याख्यात्मक घोषणा उल्लेख भएका बुँदामा तलमाथि भयो भने पुनःविचार हुने नै छ।’

एकीकृत समाजवादीले निर्वाचनको समयमा एमसीसीको विषयलाई बहसको विषय बनाएर जान नहुने रणनीति अख्तियार गरेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दौरान आफ्ना विचार र योजनाहरू लिएर जनतामाझ जाने र उनीहरूको मत लिएर जनसमर्थन प्राप्त सुदृढ राजनीतिक शक्तिको रुपमा आफूलाई स्थापित गर्नुपर्ने चुनौती खडा भएको अध्यक्ष नेपालको भनाइ छ।  

‘जहाँ निर्वाचन हुने हो, त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन। हामीले सवै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘कतिपय कमिटीहरूलाई, यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं। यस्तो स्थिति अब रहिरहनु हुँदैन। गठन भइसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानु पर्दछ।’

अध्यक्ष नेपालनिकट एक नेता पनि केन्द्रीय कमिटी बैठक मुख्य रुपमा पार्टी संगठनलाई सशक्त बनाएर आगामी निर्वाचनमै केन्द्रित हुनेगरी आवश्यक रणनीति तय गर्ने विषयमा केन्द्रित हुने बताउँछन्। 

झलनाथको चाहना : एमसीसीको बहस तल्लो तहसम्म लैजाने

एमसीसी अनुमोदन गर्ने निर्णयमा पनि असहमति जाहेर गरेका सम्मानित नेता झलनाथ खनालले भने एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णय र एमसीसीका विषयमा पार्टीको तल्लो तहसम्मै लगेर छलफल गर्नुपर्ने अडान सोमबारको पोलिटब्यूरो बैठकमा राखेका थिए। 

‘केन्द्रीय कमिटीमा छलफलको विषय बनाएर तल्लो कमिटीसम्म लगेर छलफल गर्नुपर्छ भन्ने उहाँले प्रस्ताव राख्नुभएको थियो,’ एक पोलिटब्यूरो सदस्य भन्छन्, ‘तर, बहुमत सदस्यहरुले अहिले एमसीसीमा बहस गरेर अल्झिने समय नभएकाले यसलाई रोक्नुपर्छ भन्ने नै धारणा राख्नुभयो।’

पोलिटब्यूरोका अधिकाशं सदस्यहरुले असहमतिको विषयलाई पार्टीको सम्पत्तिको रुपमा सुरक्षित राख्न सकिने भन्दै तल्लो तहसम्म लगेर छलफल गर्न आवश्यक नरहेको अडान राखेका थिए। ‘यही राखौं, तलसम्म लग्नु राम्रो हुँदैन। सम्पत्तिको रुपमा कायम राखौं। संशोधन हुनु नै ठूलो कुरा हो, नगिजोलौं भन्ने भन्ने नै सहमति भएको छ,’ ती नेता भन्छन्।

सोमबारको पोलिटब्यूरो बैठकमा केही सदस्यहरुले पार्टी चलाउने विधि र शैली नमिलेको भन्दै नेतृत्वको आलोचनासमेत गरेका थिए। केही केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठकमा पनि यो विषय राख्ने तयारी गरेका छन्।

‘हामीले केपी ओलीले पार्टी चलाउने शैली भएन, विधि, विधान भन्दा बाहिर गएर विद्रोह गर्‍यौं, यो पार्टीभित्र पनि त्यस्तै भए के फरक भयो र,’ एक नेता भन्छन्, ‘नेताहरु नै सच्चिनु पर्छ। मनपरी गर्ने पार्टीका प्रदेश कमिटीका निर्णयलगायतमा सम्बन्धित कमिटीसँग छलफल नहुने, नियुक्ती सल्लाह नगरीकन गर्ने लगायतका विषय पनि उठेका छन्।’

पार्टीमा कसैलाई पनि जिम्मेवारी दिँदा मापदण्ड निर्माण गरेर दिइनुपर्ने नेताहरुको माग छ। ‘जिम्मेवारी दोहोरो तेहोरो हुने, काम केही नगर्ने परिपाटीले हामीले चाहेको पार्टी बन्दैन,’ ती नेता भन्छन्, ‘यस्तो तरिकाले पार्टी बन्दैन, पार्टी बनाउने हो भने नेतृत्व सच्चिनुपर्‍यो।’

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ ‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने,... शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह सन्देशमा उनले भनेका छन्, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ पूर्वराजा शाहले सबै जात,... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्