• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा एसमा सकिएन एमसीसी विवाद : झलनाथको अडान तलसम्मै छलफल, नेतृत्व भन्छ- यसलाई यहीँ सकौं

64x64
बीपी अनमोल बुधबार, फागुन २५, २०७८  ०९:०१
1140x725

काठमाडौं– अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा असहमति रहेका १२ बुँदाको व्याख्यात्मक घोषणा संसदबाट पारित गरेर सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समेत संसदबाट एमसीसी अनुमोदन गरिसकेका छन्। सत्ता गठबन्धनभित्र व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमतिपछि फागुन १५ गते प्रतिनिधि सभामा ध्वनि मतका आधारमा एमसीसी अनुमोदन भएको हो। तर, यसो हुँदाहुँदै पनि माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र यो निर्णयमा पार्टी एकमत हुन सकेन। 

त्यसमध्ये एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि पार्टीका सम्मानित नेता झलनाथ खनालसहितका नेताहरुले असहमति प्रकट गरे। फागुन १५ गते संसद्मा बोल्ने क्रममा पनि खनालले आफ्नो असन्तुष्टि प्रकट गरे। 

‘व्याख्यात्मक घोषणा नै भए पनि उहाँ त्यसमा असहमत नै हुनुहुन्थ्यो। अहिले पनि उहाँको असन्तुष्टि कायमै छ,’ खनालनिकट एक नेता भन्छन्।

नेकपा एकीकृत समाजवादीभित्र एमसीसीका विषयमा पार्टीले गरेको निर्णय र खनाललगायतको असन्तुष्टि तल्लो तहसम्मका नेता कार्यकर्तामाझ छलफलका लागि लैजानुपर्ने असन्तुष्ट पक्षको माग छ। तर, मुल नेतृत्वले भने यो विषयलाई अहिले पार्टीभित्र छलफल गराउनु आवश्यक नरहेको प्रष्ट पारिसकेको छ।

अध्यक्ष माधवकुमार नेपालले नै व्याख्यात्मक घोषणामार्फत् एमसीसी अनुमोदन गर्ने निर्णयमा किन पुगियो भनेर पार्टी कमिटीका बैठकमा प्रष्ट्याइसकेका छन्। बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा उनले पेश गर्ने राजनीतिक प्रतिवेदनमा पनि यो विषय समावेश गरिएको छ।

‘जस्ताको तस्तै अनुमोदन हुने अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गरिने, हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं। त्यसैक्रममा एमसीसी कम्प्याक्टको सम्झौतासँगै त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो। त्यस धारणामा हामी पनि आधारभुत रूपमा सहमत भयौं।’ 

केन्द्रीय कमिटीको बैठकमा एमसीसीको विषयले प्रवेश पाए पनि त्यही विषयमा गम्भीर छलफल नगर्ने एकीकृत समाजवादीको तयारी छ। अध्यक्ष नेपालले नै पार्टी कमिटी निर्माण र निर्वाचनमा केन्द्रित हुनुपर्ने बेला अब एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयबारे कमिटीमा छलफल र बहसकै रुपमा अघि बढाउन चाहेका छैनन्।

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य दिलु पन्त केन्द्रीय कमिटी बैठकमा केही सदस्यहरुले आफ्नो विचार राखे पनि त्यसै विषयमा बैठक केन्द्रित नरहने बताउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘अनुमोदन गर्नुअघि नै केही नेताहरुको असहमति थियो। अब अनुमोदन नै भइसकेपछि त्यसैमा धेरै अल्झिने कुरा हुँदैन,’ उनी भन्छिन्, ‘निर्णय भइसकेको विषयमा अल्झिने भन्दा पनि पार्टी कमिटी निर्माण र निर्वाचनको विषयमा नै बैठक केन्द्रित हुनेछ।’

तर, पार्टी उपमहासचिव एवम् प्रवक्ता जग्गनाथ खतिवडा एमसीसी अनुमोदन गर्नुको कारण र उत्पन्न परिस्थितिका विषयमा बैठकमा छलफल हुने बताउँछन्। ‘असहमति पार्टीभित्र सुरक्षित छ। असहमत भएका विचार पार्टीभित्र छलफल बहसका क्रममा आउने नै छन्,’ उनले भने, ‘एमसीसी अनुमोदन भए पनि व्याख्यात्मक घोषणा उल्लेख भएका बुँदामा तलमाथि भयो भने पुनःविचार हुने नै छ।’

एकीकृत समाजवादीले निर्वाचनको समयमा एमसीसीको विषयलाई बहसको विषय बनाएर जान नहुने रणनीति अख्तियार गरेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दौरान आफ्ना विचार र योजनाहरू लिएर जनतामाझ जाने र उनीहरूको मत लिएर जनसमर्थन प्राप्त सुदृढ राजनीतिक शक्तिको रुपमा आफूलाई स्थापित गर्नुपर्ने चुनौती खडा भएको अध्यक्ष नेपालको भनाइ छ।  

‘जहाँ निर्वाचन हुने हो, त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन। हामीले सवै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘कतिपय कमिटीहरूलाई, यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं। यस्तो स्थिति अब रहिरहनु हुँदैन। गठन भइसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानु पर्दछ।’

Xtrem

Xtrem

अध्यक्ष नेपालनिकट एक नेता पनि केन्द्रीय कमिटी बैठक मुख्य रुपमा पार्टी संगठनलाई सशक्त बनाएर आगामी निर्वाचनमै केन्द्रित हुनेगरी आवश्यक रणनीति तय गर्ने विषयमा केन्द्रित हुने बताउँछन्। 

झलनाथको चाहना : एमसीसीको बहस तल्लो तहसम्म लैजाने

एमसीसी अनुमोदन गर्ने निर्णयमा पनि असहमति जाहेर गरेका सम्मानित नेता झलनाथ खनालले भने एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णय र एमसीसीका विषयमा पार्टीको तल्लो तहसम्मै लगेर छलफल गर्नुपर्ने अडान सोमबारको पोलिटब्यूरो बैठकमा राखेका थिए। 

‘केन्द्रीय कमिटीमा छलफलको विषय बनाएर तल्लो कमिटीसम्म लगेर छलफल गर्नुपर्छ भन्ने उहाँले प्रस्ताव राख्नुभएको थियो,’ एक पोलिटब्यूरो सदस्य भन्छन्, ‘तर, बहुमत सदस्यहरुले अहिले एमसीसीमा बहस गरेर अल्झिने समय नभएकाले यसलाई रोक्नुपर्छ भन्ने नै धारणा राख्नुभयो।’

पोलिटब्यूरोका अधिकाशं सदस्यहरुले असहमतिको विषयलाई पार्टीको सम्पत्तिको रुपमा सुरक्षित राख्न सकिने भन्दै तल्लो तहसम्म लगेर छलफल गर्न आवश्यक नरहेको अडान राखेका थिए। ‘यही राखौं, तलसम्म लग्नु राम्रो हुँदैन। सम्पत्तिको रुपमा कायम राखौं। संशोधन हुनु नै ठूलो कुरा हो, नगिजोलौं भन्ने भन्ने नै सहमति भएको छ,’ ती नेता भन्छन्।

सोमबारको पोलिटब्यूरो बैठकमा केही सदस्यहरुले पार्टी चलाउने विधि र शैली नमिलेको भन्दै नेतृत्वको आलोचनासमेत गरेका थिए। केही केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठकमा पनि यो विषय राख्ने तयारी गरेका छन्।

‘हामीले केपी ओलीले पार्टी चलाउने शैली भएन, विधि, विधान भन्दा बाहिर गएर विद्रोह गर्‍यौं, यो पार्टीभित्र पनि त्यस्तै भए के फरक भयो र,’ एक नेता भन्छन्, ‘नेताहरु नै सच्चिनु पर्छ। मनपरी गर्ने पार्टीका प्रदेश कमिटीका निर्णयलगायतमा सम्बन्धित कमिटीसँग छलफल नहुने, नियुक्ती सल्लाह नगरीकन गर्ने लगायतका विषय पनि उठेका छन्।’

पार्टीमा कसैलाई पनि जिम्मेवारी दिँदा मापदण्ड निर्माण गरेर दिइनुपर्ने नेताहरुको माग छ। ‘जिम्मेवारी दोहोरो तेहोरो हुने, काम केही नगर्ने परिपाटीले हामीले चाहेको पार्टी बन्दैन,’ ती नेता भन्छन्, ‘यस्तो तरिकाले पार्टी बन्दैन, पार्टी बनाउने हो भने नेतृत्व सच्चिनुपर्‍यो।’

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्