• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाली फिल्ममा महिला : उत्साहजनक उपस्थिति, कमजोर भूमिका

64x64
युवराज भट्टराई मंगलबार, फागुन २४, २०७८  २०:१६
1140x725

काठमाडौं– फ्रान्सेली अभिनेत्री इभा ग्रिनले भनेकी छिन्, ‘फिल्ममा अधिकांश महिलाहरु पुरुषको निम्ति सुन्दर देखिनका लागि हुन्छन्।’ नेपाली फिल्म क्षेत्र पनि उनको यो भनाइको भावार्थबाट बाहिर आउन सकेको छैन। 

फिल्ममा अभिनय गराउनेहरुको नजरमा होस् वा फिल्म हेर्नेका आँखामा, महिला रुपरङलाई जोड दिइएको हुन्छ। महिलाको भूमिकालाई प्राथमिकता दिएर बनाइएका फिल्म न्यून छन्। 

उपस्थितिका दृष्टिबाट फिल्महरुमा महिलाको बाहूल्यता देखिन्छ। हिरोइन, आमा, सासु, आइटम गर्ल हुँदै कोरससम्म जोड्दा पर्दामा महिलाहरुको संख्या बढी हुन्छ। प्रतिनिधित्व बढ्दै  गएपनि प्रभावकारी भूमिकामा महिलाको उपस्थिति भने अझै कमजोर छ।  महिलाका कथाप्रधान फिल्मको संख्या अझै यदाकतामै सिमित छ।  

उत्साहजनक उपस्थिति, भूमिका कमजोर
पर्दामा महिलाको उपस्थिति उत्साहजनक छ। नेपाली सिनेमा निर्धारित सूत्रमै रुमल्लिएको छ। निश्चित सूत्रमा सिनेमा बनाउने नेपाली निर्देशकहरु महिला पात्रलाई हिरोको लागि आवश्यक ‘हिरोइन’का रुपमा प्रस्तुत गरिरहेका छन्। पर्दामा हिरोइनको काम रोमान्टिक दृष्यका लागि हिरोलाई सघाउनु वा वियोगमा हिरो छटपटिनका लागि टाढिनु देखिन्छ।

पर्दामा एक्लैले दशजना खलनायकलाई एकैपल्ट तह लगाउने हिरोको छेउमा ताली पिटिरहेकी महिला हिरोइनका रुपमा देखाउने क्रम जारी छ। समाजमा महिलाहरुको परिवर्तित भूमिका, स्टाटस र अवस्थालाई अझै नेपाली फिल्मले आत्मसाथ गर्न सकेको छैन। 

सामान्यतया फिल्म समाजभन्दा अघि देखिनुपर्छ। प्रविधि, दृष्टिकोण र परिकल्पनाको मिश्रणबाट समाजलाई डोर्‍याउन सक्ने ल्याकत राख्नुपर्छ। महिलाको कथा, मनोविज्ञान र यौनिकतालाई प्रधान बनाएर फिल्म बनाउने आँट अझै यो क्षेत्रले बटुल्न सकेको छैन। 

नेपाली फिल्ममा कथालाई अघि बढाउने ‘फिलर’ पात्र वा नायकलाई प्रोत्साहित गर्ने पात्रका रुपमा महिलाको भूमिका देखिन्छ।  चाहे त्यो व्यापारिक रुपमा सफल दिपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा’मा होस वा फरक विषयका फिल्मतर्फ अघि बढिरहेका दीपेन्द्र के खनाल निर्देशित ‘पशुपति प्रसाद’ नै। 

निरौला आफैं महिला हुन्। तर, उनको निर्देशनमा बनेको सिनेमा ‘छक्का पञ्जा’मा महिलाद्वेषी थुप्रै पटकथाको प्रयोग छ। उदाहरणका निम्ति फिल्मका कलाकार बुद्धि तामाङ आफू गाउँबाट बाहिरिनुअघि आफ्नी श्रीमतीलाई गाउँभरिका पुरुषलाई भाइटीका लगाउन लगाएको दृष्य। त्यसले हरेक महिलाको चरित्रमाथि खुलेआम प्रश्न उठाउँछ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘पशुपति प्रसाद’मा सिनेमाको प्रमुख पात्र पशुपति प्रसादलाई उत्प्रेरित पात्रका रुपमा बुनुको भूमिका छ। फिल्ममा खगेन्द्र लामिछाने वर्षा शिवाकोटीको सौन्दर्यबाट प्रभावित देखिन्छन्।

यी उदाहरण हुन्। यस्ता अन्य थुप्रै फिल्म छन्। नेपाली फिल्मको विषयान्तर गर्न सफल निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट’मा पात्र पुतलीको रुपमा अभिनित सिर्जना सुब्बाको भूमिका अर्को उदाहरण हो। यही फिल्मको सिक्वेल ‘लुट २’ मा पनि महिला पात्रको भूमिका यसैको पर्यायको रुपमा प्रस्तुत छ। पुतलीको रुपमा सिर्जना सुब्बादेखि सुन्दरीको रुपमा एलिसा राई र आयसाको रुपमा ऋचा शर्माको अभिनय पनि फिल्ममा पुरुष पात्रको सहयोगी वा फिलरको रुपमा भएको छ। फिल्मको कथा निर्माणमा उनीहरुको भूमिकाको खासै ठूलो असर देखिदैन। 

पात्र महिला, प्रवृत्ति पुरुष
महिला पात्रलाई केन्द्रमा राखेर पनि नेपाली सिनेमा निर्माण नभएका होइनन्। तर, यसमा पनि महिलाको मनोविज्ञान र यौनिकतासँगै उनीहरुका कथा होइन, पुरुष दृष्टि हावी भएको देखिन्छ।

रेखा थापाको ‘काली’, ‘हिम्मतवाली’ जस्ता सिनेमाहरुमा महिला प्रमुख पात्रका रुपमा प्रस्तुत भए। तर, महिलाहरुको ‘पुरुषत्व’ देखाउन खोजिएको छ। महिला भएकै कारण महान् दर्शाउन असफल भएका छन्। यसको सूचीमा पछिल्लो समय प्रदर्शनमा आएको हरि हुमागाईं निर्देशित फिल्म ‘सरौतो’ पनि अटाउँछ। यी फिल्ममा पात्र महिला प्रधान भएपनि पुरुष प्रवृत्ति हावी छ।

Xtrem

Xtrem

आइटम घट्यो, सोच हटेन
केही समयअघिसम्म महिलाको कामुक अवतार देखाउनैपर्ने पुरुष सोचले डेरा जमाएका कारण फिल्ममा ‘आइटम डान्स’ अनिवार्य थियो। तर, अहिले यो प्रवृत्ति घटेको छ। 

फिल्म चलाउनकै लागि महिलालाई वस्तुकरण गर्ने र ‘आइटम गर्ल’को रुपमा प्रस्तुत गरिन्थ्यो। ‘लुट’मा ‘उध्रेको चोली’, ‘लुट २’मा ‘ठमेल बजार’, ‘पर्व’मा ‘काले दाई’, ‘शकुन्तला’मा ‘कोही छ’, ‘फन्को’मा ‘लोकल ब्युटी’, ‘राहदानी’मा ‘गुन्यु चोलो’ जस्ता सैयौं आइटम गीतहरु छन्, जसमा महिलाको भूमिका केवल ‘आइटम गर्ल’को रुपमा सीमित छ।

फिल्म क्षेत्रलाई ग्ल्यामरको रुपमा परिभाषित गर्ने निर्माता तथा निर्देशकले महिला पात्रलाई पनि ‘वस्तु’को रुपमा प्रयोग गर्ने चलन कायम छ। इन्दिरा जोशी, मलिना जोशी, रीमा विश्वकर्मा, सुस्मा कार्की, नन्दिता केसी, नम्रता सापकोटा, एलिसा राईजस्ता अभिनेत्रीहरुलाई यस्ता आइटम गीतमा वस्तुकरण गरेरै चित्रण गरिएको छ। यी गीतमा उनीहरुको पर्दामा पुरुष पात्रको मनोरञ्जन र दर्शकलाई पनि मनोरञ्जन दिलाउनु हो।  

आइटम गीतको प्रवृत्ति नेपाली सिनेक्षेत्रबाट हटेर ‘लोक भाका’तर्फ प्रस्थान गरेको छ। तर, यी गीतमा पनि महिला पात्रलाई होच्याउने र वस्तुकरण गर्ने किसिमकै शब्दहरुको बर्चश्व छ। यसरी हेर्दा आइटम डान्स घटेपनि उक्त सोच भने नहटेको देखिन्छ। 

र, केही अपवाद
महिलाको दृष्टिबाट बन्ने फिल्मका लागि निर्देशन वा लेखनमा महिलाकै संख्या बढ्नुपर्छ भन्ने हुँदैन। पुरुष निर्देशकले पनि महिला मनोविज्ञान र महिला यौनिकताको विषयलाई प्रस्तुत गर्न सक्छन् भन्ने थुप्रै उदाहरणहरु छन्। अन्तर्राष्ट्रिय फिल्म क्षेत्रका कुरा गर्दा फ्रान्सेली फिल्म निर्देशक तथा समीक्षक ज्याँ लुक गोर्डाड यसका उदाहरण हुन्। गोर्डाडका सिनेमाहरुले महिला र पुरुषबीचको सम्बन्ध र अन्तरको संवेदनालाई प्रस्तुत गरेका हुन्छन्। उनको आफ्नो व्यक्तिगत विचारदेखि सिनेमामा प्रस्तुत हुने विचारमा पनि महिलाको कथा, यौनिकता र मनोविज्ञानलाई लिएर संवेदनशिल प्रस्तुत हुन्छ।

विनोद पौडेलको लेखन तथा निर्देशनमा बनेको ‘बुलबुल’, किशोर रानाको ‘सीमारेखा’ नेपाली उदाहरण हुन सक्छन्। 

महिलाको यौनिकता र मनोविज्ञानप्रति संवेदनशील बनेका सिनेमाहरुको चर्चा गर्ने हो भने ‘बुलबुल’ यसको एउटा उदाहरण हो। सिनेमामा महिलाको मनोविज्ञानको चित्रण छ। त्यस्तै, २०५४ सालमा प्रदर्शनमा आएको किशोर राना निर्देशित फिल्म ‘सीमारेखा’मा महिलाले समाजमा भोगिरहेको अवस्था र त्यसमा प्रगतिशील विचारको मिश्रण देखिन्छ।

लिगलिगकोटका पुरुषहरु युद्ध लड्ने संवाद गरिरहँदा गाउँका महिलाहरु पनि उनीहरुसँग सामेल हुन आउँछन्। पुरुष पात्रले महिला युद्धमा सामेल हुनु नहुने बताइरहँदा उनीहरु समाज र आफ्नो भूमिप्रति पुरुषजत्तिकै जिम्मेवार भएको अभिव्यक्ति दिएर उस्तै र समान भूमिकामा युद्धमा हेलिएका हुन्छन्।

निर्देशनमा महिला
फ्रान्सेली फिल्म निर्देशक तथा समीक्षक गोर्डाडले कुनै समय भनेका थिए, ‘फिल्म निर्माणको इतिहास भन्नु नै पुरुषहरू खिच्ने र महिलाहरू खिचिनेबाहेक अरू के नै छ र?’ इतिहासमा महिलाको स्तर यही थियो। तर, अहिले महिला खिचिनेमा मात्रै सीमित छैनन्। महिलाहरु सिनेमाको प्राविधिक क्षेत्रदेखि निर्देशकीय भूमिकामा पनि आइसकेका छन्। 

२०५८ मा नेपाली सिनेमामा पहिलो पटक महिला निर्देशकको रुपमा सुचित्रा श्रेष्ठले प्रवेश गरेकी थिइन्। त्यत्तिञ्जेल नेपाली सिनेक्षेत्रमा ‘कास्ट एण्ड क्रु’लाई नेतृत्व गर्ने भूमिकामा महिलाको उपस्थिति थिएन। उनको प्रवेशसँगै महिला निर्देशकमा खाली रहेको ठाउँ भरिएको थियो। वर्तमानसम्म आइपुग्दा पुजा गुरुङ, दीपा बस्नेत, सम्झना रौनियार, संगीता श्रेष्ठ, सबनम मुखिया, रेनेशा बान्तावा राई, झरना थापा, शान्ता नेपालीजस्ता थुप्रै महिला निर्देशकहरु नेपाली फिल्म क्षेत्रले पाएको छ।

इतिहासबाट वर्तमानसम्म आइपुग्दा सिनेमाको निर्माणदेखि अभिनयसम्ममा महिलाको भूमिकामा परिवर्तन आएको छ। नेपाली फिल्म क्षेत्रमा लेखनदेखि निर्देशनसम्म महिलाहरु आएका छन्। तर, उनीहरुले ल्याउने कथा भने महिलामैत्री वा महिला मनोविज्ञानको पक्षमा देखिँदैनन्। 

महिला निर्देशक भएपनि उनीहरुका सृजनामा त्यो मनोविज्ञान भेटिदैन। यसको उत्कृष्ट उदाहरण दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा’ हो। उक्त फिल्ममा महिला पात्रको चित्रण उनी आफैंलाई असहज लाग्ने खालको छ।

निरौलाजस्तै थुप्रै महिला निर्देशकहरुको उपस्थिति फिल्म क्षेत्रमा भएको छ। उनीहरु सिनेमा लेखनदेखि निर्देशनमा उपस्थित त देखिन्छन्, तर उनीहरुको उपस्थितिकै समानान्तर संख्यामा महिलामैत्री वा महिलाको कथा भन्ने सिनेमाहरुको निर्माण भने हुन सकेको छैन। महिला उपस्थिति भएपनि उनीहरुको सिर्जनात्मक अभिव्यक्ति अझैं पनि पुरुष मनोविज्ञानले निर्देशित मार्गमा विचरण गरिरहेको छ।

फिल्म क्षेत्रमा पर्दाभित्र र पर्दाबाहिर पनि इतिहासमा महिलाको चित्रण र भूमिकालाई ‘विकल्प’को रुपमा हेरिएको थियो। यो समस्या आज पनि उस्तै छ। महिलालाई न कथामा संवेदनशील रुपमा प्रस्तुत गरिएको छ, न पर्दाबाहिर विश्वास गरिन्छ। यसको परिणाम फिल्म क्षेत्रमा उत्पादन हुने सिर्जनामा प्रत्यक्ष देखिन्छ। यी उत्पादनहरुमा महिलाको अनुहार ‘चोइटिएको’, उनीहरुको कथा ‘भत्किएको’, मनोविज्ञान ‘आधा छुटेको’ र यौनिकता ‘अनुपस्थित’ देखिन्छ।  

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्