• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन ११, २०८२ Mon, Feb 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाली फिल्ममा महिला : उत्साहजनक उपस्थिति, कमजोर भूमिका

64x64
युवराज भट्टराई मंगलबार, फागुन २४, २०७८  २०:१६
1140x725

काठमाडौं– फ्रान्सेली अभिनेत्री इभा ग्रिनले भनेकी छिन्, ‘फिल्ममा अधिकांश महिलाहरु पुरुषको निम्ति सुन्दर देखिनका लागि हुन्छन्।’ नेपाली फिल्म क्षेत्र पनि उनको यो भनाइको भावार्थबाट बाहिर आउन सकेको छैन। 

फिल्ममा अभिनय गराउनेहरुको नजरमा होस् वा फिल्म हेर्नेका आँखामा, महिला रुपरङलाई जोड दिइएको हुन्छ। महिलाको भूमिकालाई प्राथमिकता दिएर बनाइएका फिल्म न्यून छन्। 

उपस्थितिका दृष्टिबाट फिल्महरुमा महिलाको बाहूल्यता देखिन्छ। हिरोइन, आमा, सासु, आइटम गर्ल हुँदै कोरससम्म जोड्दा पर्दामा महिलाहरुको संख्या बढी हुन्छ। प्रतिनिधित्व बढ्दै  गएपनि प्रभावकारी भूमिकामा महिलाको उपस्थिति भने अझै कमजोर छ।  महिलाका कथाप्रधान फिल्मको संख्या अझै यदाकतामै सिमित छ।  

उत्साहजनक उपस्थिति, भूमिका कमजोर
पर्दामा महिलाको उपस्थिति उत्साहजनक छ। नेपाली सिनेमा निर्धारित सूत्रमै रुमल्लिएको छ। निश्चित सूत्रमा सिनेमा बनाउने नेपाली निर्देशकहरु महिला पात्रलाई हिरोको लागि आवश्यक ‘हिरोइन’का रुपमा प्रस्तुत गरिरहेका छन्। पर्दामा हिरोइनको काम रोमान्टिक दृष्यका लागि हिरोलाई सघाउनु वा वियोगमा हिरो छटपटिनका लागि टाढिनु देखिन्छ।

पर्दामा एक्लैले दशजना खलनायकलाई एकैपल्ट तह लगाउने हिरोको छेउमा ताली पिटिरहेकी महिला हिरोइनका रुपमा देखाउने क्रम जारी छ। समाजमा महिलाहरुको परिवर्तित भूमिका, स्टाटस र अवस्थालाई अझै नेपाली फिल्मले आत्मसाथ गर्न सकेको छैन। 

सामान्यतया फिल्म समाजभन्दा अघि देखिनुपर्छ। प्रविधि, दृष्टिकोण र परिकल्पनाको मिश्रणबाट समाजलाई डोर्‍याउन सक्ने ल्याकत राख्नुपर्छ। महिलाको कथा, मनोविज्ञान र यौनिकतालाई प्रधान बनाएर फिल्म बनाउने आँट अझै यो क्षेत्रले बटुल्न सकेको छैन। 

नेपाली फिल्ममा कथालाई अघि बढाउने ‘फिलर’ पात्र वा नायकलाई प्रोत्साहित गर्ने पात्रका रुपमा महिलाको भूमिका देखिन्छ।  चाहे त्यो व्यापारिक रुपमा सफल दिपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा’मा होस वा फरक विषयका फिल्मतर्फ अघि बढिरहेका दीपेन्द्र के खनाल निर्देशित ‘पशुपति प्रसाद’ नै। 

निरौला आफैं महिला हुन्। तर, उनको निर्देशनमा बनेको सिनेमा ‘छक्का पञ्जा’मा महिलाद्वेषी थुप्रै पटकथाको प्रयोग छ। उदाहरणका निम्ति फिल्मका कलाकार बुद्धि तामाङ आफू गाउँबाट बाहिरिनुअघि आफ्नी श्रीमतीलाई गाउँभरिका पुरुषलाई भाइटीका लगाउन लगाएको दृष्य। त्यसले हरेक महिलाको चरित्रमाथि खुलेआम प्रश्न उठाउँछ। 

Ncell 2
Ncell 2

‘पशुपति प्रसाद’मा सिनेमाको प्रमुख पात्र पशुपति प्रसादलाई उत्प्रेरित पात्रका रुपमा बुनुको भूमिका छ। फिल्ममा खगेन्द्र लामिछाने वर्षा शिवाकोटीको सौन्दर्यबाट प्रभावित देखिन्छन्।

यी उदाहरण हुन्। यस्ता अन्य थुप्रै फिल्म छन्। नेपाली फिल्मको विषयान्तर गर्न सफल निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट’मा पात्र पुतलीको रुपमा अभिनित सिर्जना सुब्बाको भूमिका अर्को उदाहरण हो। यही फिल्मको सिक्वेल ‘लुट २’ मा पनि महिला पात्रको भूमिका यसैको पर्यायको रुपमा प्रस्तुत छ। पुतलीको रुपमा सिर्जना सुब्बादेखि सुन्दरीको रुपमा एलिसा राई र आयसाको रुपमा ऋचा शर्माको अभिनय पनि फिल्ममा पुरुष पात्रको सहयोगी वा फिलरको रुपमा भएको छ। फिल्मको कथा निर्माणमा उनीहरुको भूमिकाको खासै ठूलो असर देखिदैन। 

पात्र महिला, प्रवृत्ति पुरुष
महिला पात्रलाई केन्द्रमा राखेर पनि नेपाली सिनेमा निर्माण नभएका होइनन्। तर, यसमा पनि महिलाको मनोविज्ञान र यौनिकतासँगै उनीहरुका कथा होइन, पुरुष दृष्टि हावी भएको देखिन्छ।

रेखा थापाको ‘काली’, ‘हिम्मतवाली’ जस्ता सिनेमाहरुमा महिला प्रमुख पात्रका रुपमा प्रस्तुत भए। तर, महिलाहरुको ‘पुरुषत्व’ देखाउन खोजिएको छ। महिला भएकै कारण महान् दर्शाउन असफल भएका छन्। यसको सूचीमा पछिल्लो समय प्रदर्शनमा आएको हरि हुमागाईं निर्देशित फिल्म ‘सरौतो’ पनि अटाउँछ। यी फिल्ममा पात्र महिला प्रधान भएपनि पुरुष प्रवृत्ति हावी छ।

आइटम घट्यो, सोच हटेन
केही समयअघिसम्म महिलाको कामुक अवतार देखाउनैपर्ने पुरुष सोचले डेरा जमाएका कारण फिल्ममा ‘आइटम डान्स’ अनिवार्य थियो। तर, अहिले यो प्रवृत्ति घटेको छ। 

फिल्म चलाउनकै लागि महिलालाई वस्तुकरण गर्ने र ‘आइटम गर्ल’को रुपमा प्रस्तुत गरिन्थ्यो। ‘लुट’मा ‘उध्रेको चोली’, ‘लुट २’मा ‘ठमेल बजार’, ‘पर्व’मा ‘काले दाई’, ‘शकुन्तला’मा ‘कोही छ’, ‘फन्को’मा ‘लोकल ब्युटी’, ‘राहदानी’मा ‘गुन्यु चोलो’ जस्ता सैयौं आइटम गीतहरु छन्, जसमा महिलाको भूमिका केवल ‘आइटम गर्ल’को रुपमा सीमित छ।

फिल्म क्षेत्रलाई ग्ल्यामरको रुपमा परिभाषित गर्ने निर्माता तथा निर्देशकले महिला पात्रलाई पनि ‘वस्तु’को रुपमा प्रयोग गर्ने चलन कायम छ। इन्दिरा जोशी, मलिना जोशी, रीमा विश्वकर्मा, सुस्मा कार्की, नन्दिता केसी, नम्रता सापकोटा, एलिसा राईजस्ता अभिनेत्रीहरुलाई यस्ता आइटम गीतमा वस्तुकरण गरेरै चित्रण गरिएको छ। यी गीतमा उनीहरुको पर्दामा पुरुष पात्रको मनोरञ्जन र दर्शकलाई पनि मनोरञ्जन दिलाउनु हो।  

आइटम गीतको प्रवृत्ति नेपाली सिनेक्षेत्रबाट हटेर ‘लोक भाका’तर्फ प्रस्थान गरेको छ। तर, यी गीतमा पनि महिला पात्रलाई होच्याउने र वस्तुकरण गर्ने किसिमकै शब्दहरुको बर्चश्व छ। यसरी हेर्दा आइटम डान्स घटेपनि उक्त सोच भने नहटेको देखिन्छ। 

र, केही अपवाद
महिलाको दृष्टिबाट बन्ने फिल्मका लागि निर्देशन वा लेखनमा महिलाकै संख्या बढ्नुपर्छ भन्ने हुँदैन। पुरुष निर्देशकले पनि महिला मनोविज्ञान र महिला यौनिकताको विषयलाई प्रस्तुत गर्न सक्छन् भन्ने थुप्रै उदाहरणहरु छन्। अन्तर्राष्ट्रिय फिल्म क्षेत्रका कुरा गर्दा फ्रान्सेली फिल्म निर्देशक तथा समीक्षक ज्याँ लुक गोर्डाड यसका उदाहरण हुन्। गोर्डाडका सिनेमाहरुले महिला र पुरुषबीचको सम्बन्ध र अन्तरको संवेदनालाई प्रस्तुत गरेका हुन्छन्। उनको आफ्नो व्यक्तिगत विचारदेखि सिनेमामा प्रस्तुत हुने विचारमा पनि महिलाको कथा, यौनिकता र मनोविज्ञानलाई लिएर संवेदनशिल प्रस्तुत हुन्छ।

विनोद पौडेलको लेखन तथा निर्देशनमा बनेको ‘बुलबुल’, किशोर रानाको ‘सीमारेखा’ नेपाली उदाहरण हुन सक्छन्। 

महिलाको यौनिकता र मनोविज्ञानप्रति संवेदनशील बनेका सिनेमाहरुको चर्चा गर्ने हो भने ‘बुलबुल’ यसको एउटा उदाहरण हो। सिनेमामा महिलाको मनोविज्ञानको चित्रण छ। त्यस्तै, २०५४ सालमा प्रदर्शनमा आएको किशोर राना निर्देशित फिल्म ‘सीमारेखा’मा महिलाले समाजमा भोगिरहेको अवस्था र त्यसमा प्रगतिशील विचारको मिश्रण देखिन्छ।

लिगलिगकोटका पुरुषहरु युद्ध लड्ने संवाद गरिरहँदा गाउँका महिलाहरु पनि उनीहरुसँग सामेल हुन आउँछन्। पुरुष पात्रले महिला युद्धमा सामेल हुनु नहुने बताइरहँदा उनीहरु समाज र आफ्नो भूमिप्रति पुरुषजत्तिकै जिम्मेवार भएको अभिव्यक्ति दिएर उस्तै र समान भूमिकामा युद्धमा हेलिएका हुन्छन्।

निर्देशनमा महिला
फ्रान्सेली फिल्म निर्देशक तथा समीक्षक गोर्डाडले कुनै समय भनेका थिए, ‘फिल्म निर्माणको इतिहास भन्नु नै पुरुषहरू खिच्ने र महिलाहरू खिचिनेबाहेक अरू के नै छ र?’ इतिहासमा महिलाको स्तर यही थियो। तर, अहिले महिला खिचिनेमा मात्रै सीमित छैनन्। महिलाहरु सिनेमाको प्राविधिक क्षेत्रदेखि निर्देशकीय भूमिकामा पनि आइसकेका छन्। 

२०५८ मा नेपाली सिनेमामा पहिलो पटक महिला निर्देशकको रुपमा सुचित्रा श्रेष्ठले प्रवेश गरेकी थिइन्। त्यत्तिञ्जेल नेपाली सिनेक्षेत्रमा ‘कास्ट एण्ड क्रु’लाई नेतृत्व गर्ने भूमिकामा महिलाको उपस्थिति थिएन। उनको प्रवेशसँगै महिला निर्देशकमा खाली रहेको ठाउँ भरिएको थियो। वर्तमानसम्म आइपुग्दा पुजा गुरुङ, दीपा बस्नेत, सम्झना रौनियार, संगीता श्रेष्ठ, सबनम मुखिया, रेनेशा बान्तावा राई, झरना थापा, शान्ता नेपालीजस्ता थुप्रै महिला निर्देशकहरु नेपाली फिल्म क्षेत्रले पाएको छ।

इतिहासबाट वर्तमानसम्म आइपुग्दा सिनेमाको निर्माणदेखि अभिनयसम्ममा महिलाको भूमिकामा परिवर्तन आएको छ। नेपाली फिल्म क्षेत्रमा लेखनदेखि निर्देशनसम्म महिलाहरु आएका छन्। तर, उनीहरुले ल्याउने कथा भने महिलामैत्री वा महिला मनोविज्ञानको पक्षमा देखिँदैनन्। 

महिला निर्देशक भएपनि उनीहरुका सृजनामा त्यो मनोविज्ञान भेटिदैन। यसको उत्कृष्ट उदाहरण दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा’ हो। उक्त फिल्ममा महिला पात्रको चित्रण उनी आफैंलाई असहज लाग्ने खालको छ।

निरौलाजस्तै थुप्रै महिला निर्देशकहरुको उपस्थिति फिल्म क्षेत्रमा भएको छ। उनीहरु सिनेमा लेखनदेखि निर्देशनमा उपस्थित त देखिन्छन्, तर उनीहरुको उपस्थितिकै समानान्तर संख्यामा महिलामैत्री वा महिलाको कथा भन्ने सिनेमाहरुको निर्माण भने हुन सकेको छैन। महिला उपस्थिति भएपनि उनीहरुको सिर्जनात्मक अभिव्यक्ति अझैं पनि पुरुष मनोविज्ञानले निर्देशित मार्गमा विचरण गरिरहेको छ।

फिल्म क्षेत्रमा पर्दाभित्र र पर्दाबाहिर पनि इतिहासमा महिलाको चित्रण र भूमिकालाई ‘विकल्प’को रुपमा हेरिएको थियो। यो समस्या आज पनि उस्तै छ। महिलालाई न कथामा संवेदनशील रुपमा प्रस्तुत गरिएको छ, न पर्दाबाहिर विश्वास गरिन्छ। यसको परिणाम फिल्म क्षेत्रमा उत्पादन हुने सिर्जनामा प्रत्यक्ष देखिन्छ। यी उत्पादनहरुमा महिलाको अनुहार ‘चोइटिएको’, उनीहरुको कथा ‘भत्किएको’, मनोविज्ञान ‘आधा छुटेको’ र यौनिकता ‘अनुपस्थित’ देखिन्छ।  

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम सोमबार, फागुन ११, २०८२
धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते सोमबार, फागुन ११, २०८२
निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउन निर्वाचन आयोगको निर्देशन आइतबार, फागुन १०, २०८२
टी–२० विश्वकप: सुपर ८ मा श्रीलंकालाई ५१ रनले हराउँदै इंग्ल्यान्डको विजयी सुरुवात आइतबार, फागुन १०, २०८२
४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रौतहटमा कर्फ्यु : ८:३० बजेपछि पुन कडाइ हुने आइतबार, फागुन १०, २०८२
चुनाव स्थगित गराउने प्रयास हुँदैछन्, अब हुनैपर्छ : ओली आइतबार, फागुन १०, २०८२
धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते सोमबार, फागुन ११, २०८२
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्