जनकपुरधाम– मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । एमाले–राप्रपा र संघीय समाजवादीबाहेकका सात दलले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश सभाभित्र हात हालाहालको स्थिति सिर्जना भएको छ । सभामुख मण्डल र एमाले सांसदले सात दलका सांसदमाथि हातपात र दुर्व्यवहार गरेका छन् ।
सभामुखको बचाउमा गएका नेकपा एमालेका नेता-कार्यकर्ताहरू र अविश्वास प्रस्ताव दर्ता गर्न गएका सात दलका सांसदबीच झडप भएको थियो । त्यस क्रममा सभामुखले आफ्नै सचिवालयभित्र लोसपाका उपेन्द्र महतो, जनमतका महेश यादव र राजकुमार गुप्तालाई हात हालेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।