काठमाडौं– पूर्व उपप्रधानमन्त्री वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकरण अभियान) अब अस्तित्वमा रहने छैन।
गौतमकै निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टीलाई औपचारिक रूपमा खारेज गरेको हो।
गौतमले हालै नेकपा (एकीकृत समाजवादी) हुँदै नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि आयोगमा पार्टी खारेजका लागि निवेदन दिएका थिए। आयोगले त्यसअनुसार उनको निवेदन स्वीकृत गर्दै पार्टी खारेजको निर्णय सार्वजनिक गरेको हो।
निर्वाचन आयोगका अनुसार, हालसम्म नागरिक उन्मुक्ति पार्टी, नेपाल नयाँ दलका रूपमा दर्ता भइसकेको छ। यससँगै आयोगमा कुल दर्ता राजनीतिक दलको संख्या १२५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।