मोरङ– कोशी प्रदेश सरकारले मोरङ कटहरी गाउँपालिका–१ को तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका छन्।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन। कटहरीमा प्रदेशसभा सार्ने निर्णयसँगै प्रदेशसभा सचिवालय स्थापनाको काम सुरु गरिएको छ।
सो निर्णयले स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष हरिनारायण राजवंशीले जानकारी दिए।
उनले भने, “सर्वदलिय बैठक र गाउँ कार्यपालिका बैठकबाट निर्णय गरी निःशुल्क रूपमा प्रदेशसभाका लागि साढे तीन विघाह क्षेत्रफलमा रहेको १६ करोडको संरचना उपलब्ध गराएका छौँ।” उनका अनुसार जग्गा धनीपुर्जा पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।