• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपालको प्रतिवेदन- एमसीसी अनुमोदन नगरेको भए पार्टीको अस्तित्व समाप्त हुन्थ्यो

64x64
बीपी अनमोल सोमबार, फागुन २३, २०७८  २३:०४
1140x725

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबारदेखि सुरु हुँदैछ। बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गर्दैछन्।

सोमबार बसेको पार्टीको पोलिटब्यूरोको प्रथम बैठकमा उनले उक्त राजनीतिक प्रतिवेदन पेस गरेका छन्। एमसीसी जस्ताको त्यस्तै अनुमोदन गर्न नसकिने यसअघिको सचिवालयको बैठकको निर्णय भएको थियो। तर, स्थायी कमिटीको बैठकबाट केही असहमती भए पनि एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गर्यो। त्यसो त पार्टीभित्र सम्मानित नेता झलनाथ खनालसहितका नेताहरुको फरक मत रह्यो।

बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन सोमबारको पोलिटब्यूरो बैठकमा प्रस्तुत भएको छ। त्यसमा नेताहरुले केही सुझावसमेत दिएका छन्। ती समेत समेटेर अध्यक्ष नेपालले केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।

अध्यक्ष नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा उनले एमसीसीलाई व्याख्यात्मक घोषणासहित किन अनुमोदन गर्नु पर्यो भन्ने विषयमा प्रष्ट पार्ने प्रयास गरेका छन्। ‘उहाँले एमसीसीका बारेमा केन्द्रीय कमिटी बैठकमा पनि प्रष्ट पार्नुहुन्छ र आजको पोलिटब्यूरोमा पनि प्रष्ट पार्नुभयो,’एक सदस्यले भने। राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर एमसीसी कम्प्याक्ट जस्ताको त्यस्तै अनुमोदन गर्ने तयारी भएको बताएका छन्। 

‘जस्ताको त्यस्तै अनुमोदन हुने अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे,’ उनले प्रतिवेदनमा भनेका छन्,‘हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं। त्यसैक्रममा एमसीसी कम्प्याक्टको सम्झौतासँगै त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो। त्यस धारणामा हामी पनि आधारभूत रूपमा सहमत भयौं।’ 

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिक परिस्थिति अझै पनि तरल अवस्थामै रहेको प्रष्ट्याएका छन्। ‘मुलुक संविधानले निर्देश गरेको दिशामा स्थिर ढङ्गले अगाडि बढ्न सकेको छैन। नेपाली राजनीतिक आकासमा अस्थिरताका काला बादल अझै पनि मडारिरहेका छन्,’उनले लेखेका छन्,‘प्रतिगमनकारी षड्यन्त्रका तानाबाना अझै पनि बुनिदै छन्। जनप्रतिनिधिहरूले जनताका आवाज मुखरित गर्नुपर्ने थलो संसद् अलोकतान्त्रिक एवं प्रतिगमनकारी चिन्तन र व्यवहारको शिकार बनिरहेको छ। चुनाव हुन्छ कि हुँदैन ? पाँच दलीय गठबन्धन टुट्छ कि टुट्दैन ? भन्ने जस्ता प्रश्न उठने गरेका छन्।’

अध्यक्ष नेपालले विशेष परिस्थितिमा निर्माण भएको गठबन्धनको आवश्यकता स्थानीय तहको निर्वाचनसम्म मात्र नभइ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म पनि कायम राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।  संविधान निर्माणमा सहकार्य गरेका राजनैतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने पार्टीको मान्यता रहेको उल्लेख गरिएको छ। 

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका दौरान आफ्ना विचार र योजनाहरू लिएर जनतामाझ जाने र उनीहरूको मत लिएर जनसमर्थन प्राप्त सुदृढ राजनीतिक शक्तिको रुपमा आफूलाई स्थापित गर्नुपर्ने चुनौती खडा भएको अध्यक्ष नेपालको भनाइ छ।  

Ncell 2
Ncell 2

‘जहाँ निर्वाचन हुने हो त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन। हामीले सवै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं,’उनले प्रतिवेदनमा भनेका छन्,‘कतिपय कमिटीहरूलाई, यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं। यस्तो स्थिति अब रहिरहनु हुँदैन। गठन भइसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानु पर्दछ।’

आगामी निर्वाचनको तयारी मुख्य काम भएको भन्दै अध्यक्ष नेपालले पार्टीले प्राप्त गर्ने सफलताले राजनीतिक हैसियत र भावी राजनीतिक यात्राको आधार पनि निर्माण गर्ने भएकाले त्यसतर्फ केन्द्रीत हुनुपर्ने उल्लेख गरेका छन्। 

‘आफ्नो सम्पूर्ण शक्तिका साथ यस निर्वाचनको तयारीमा लाग्नु आजको हाम्रो केन्द्रीय कार्य हो। यस केन्द्रीय कार्यमा पार्टी र जनसङ्गठनका सबै कमिटी तथा पार्टी सम्बद्ध सबैलाई सम्पूर्ण रूपले परिचालित गरौं,’उनले भनेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  २३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ ‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने,... शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह सन्देशमा उनले भनेका छन्, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ पूर्वराजा शाहले सबै जात,... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्