काठमाडौं- हिमालयन शेर्पा सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
धनगढी रंगशालामा सोमबार भएको खेलमा आयोजक तथा साविक विजेता सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो।
हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे। यस्तै, हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे।
खेलको ३४ औं मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए। ५५ औं मिनेटमा सुरेशले गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए।
६७औं मिनेटमा विवेकले आत्मघाती गोल गरेपनि हिमालयन २–१ ले विजयी भयो। अब हिमालयन शेर्पाले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ। प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा लिग विजेता मछिन्द्र क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।