काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकानलेको छ। आइतबार राति सम्पन्न खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३–१ गोल अन्तरले हराएको हो।
खेलको दोस्रो मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४५ औं मिनेटमा क्रिस्टियन टेलोले गोल गर्दै बेटिसलाई बराबरीमा ल्याए।
खेलको ६१औं मिनेटमा फेलिक्सले नै व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २–१ को स्थितिमा पुर्याए। खेलको ८०औं मिनेटमा थोमस लेमारले गोल गर्दै एट्लेटिकोलाई ३–१ को जित दिलाए।
जितसँगै २७ खेलबाट ४८ अंक जोडेको एट्लेटिको अंक तालिकाको चौंथो स्थानमा रहेको छ। पराजित बेटिस ४६ अंक जोडेर पाँचौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।