काठमाडौं– बार्सिलोनाले इल्चेमाथि पुनरागमन जित निकालेको छ। स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले इल्चेलाई २–१ गोल अन्तरले हराएको हो।
बार्सिलोनाको पुनरागमन जितमा सब्सिच्युट फरवार्डद्वय फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरे। घरेलु टोली इल्चेका फिडेल चाभेसको गोल सान्त्वना बन्यो।
खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६०औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ८४ औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए।
डिपाएले क्रस गरेको बललाई एन्टोनियो बारागानले हातमा लागेको भन्दै पेनाल्टीको अपिल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो। जसमा डिपाएले गोल गरे।
जितसँगै २६ खेलबाट ४५ अंक जोडेको बार्सिलोना लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित इल्चे ३२ अंक जोडेर १३ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।