काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लब र सामाजिक युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा कुमारी र सामाजिक युथले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
२९औं मिनेटमा राज भुषालले गरेको गोलबाट कुमारीले अग्रता लिएका थियो। तर, वसन्तबहादुर रानाले ३७औं मिनेटमा गोल गर्दै सामाजिक युथलाई खेलमा फर्किए।
पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा सुरेश खत्रीले गोल गर्दै सामाजिक युथलाई २–१ को अग्रता दिलाए।
५१औं मिनेटमा कृष्ण भण्डारीको गोलमार्फत् सामाजिक युथले खेलमा ३-१ को अग्रता बनायो। तर, त्यसपछि कुमारीले उत्कृष्ट कमब्याक गर्यो।
५९औं मिनेटमा विपिन तुम्सिङमगरले गोल गर्दै कुमारीलाई ३-२ को स्थितिमा ल्याए। त्यस्तै, ७२औं मिनेटमा लक्ष्मण थारुले गोल गर्दै कुमारीलाई हारबाट जोगिए।
बराबरीसँगै २ खेलबाट २ अंक जोडेको कुमारी तालिकाको आठौं स्थानमा उक्लिएको छ। यस्तै, १ अंक जोडेको सामाजिक १२औं स्थानमा उक्लिएको छ।
यसअघि कुमारीले लिगको पहिलो खेलमा नयाँबस्ती युथ क्लबसँग २–२ को बराबरी खेलेको थियो। पहिलो खेलमा सामाजिक युथ मध्यपुर युथ एसोसिएसनसँग ५–२ ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।