काठमाडौं– लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले वेस्ट ह्याम युनाइटेडमाथि १–० को झिनो जित हात पारेको हो।
एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलको जितमा सेनेगलका फरवार्ड साडियो मानेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गरेका थिए।
लिभरपुलले पाहुना टोलीलाई लगातार दवावमा राखे पनि थप गोल हुन सकेन। यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ३ मा छोट्याएको छ। लिभरपुलको २७ खेलबाट ६३ अंक पुगेको छ। समान खेलबाटै सिटीको ६६ अंक रहेको छ।
पराजित वेस्टह्याम २८ खेलबाट ४५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। लिभरपुलसँगको हारले वेस्ट ह्याम शीर्ष चारमा उक्लन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।