काठमाडौ– जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ।
शनिबार राति सम्पन्न खेलमा बायर्न बायर लिभरकुसेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बायर्न रोकिएको हो।
खेलको १८ औं मिनेटमा निकल्स सुलेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ३६ औं मिनेटमा थोमस मुलरले आत्मघाती गोल गरेपछि बायर्न १–१ गोलको बराबरीमा रोकिएको हो।
यस बराबरीसँगै २५ खेलबाट ५९ अंक जोडेको बायर्न शीर्ष स्थानमै रहेको छ। लिभेरकुसेन ४५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।