काठमाडौं- सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार सम्पन्न खेलमा वीरगञ्ज र नयाँबस्तीले २-२ गोलको बराबरी खेलेका छन्।
२४औं मिनेटमा क्रिपकान्त महतो थारुले गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाएका थिए। तर, ४५औं मिनेटमा सुमन योंग्याले गोल गर्दै नयाँबस्तीलाई १-१ गोलको बराबरीमा ल्याए
६४औं मिनेटमा जीवन मगरले गोल गर्दै नयाँबस्तीलाई २-१ को अग्रता दिलाए। तर, ८१औं मिनेटमा वीरगञ्जका विवेक चौधरीले गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकियो।
यस बराबरीसँगै वीरगञ्जले २ खेलमा १ अंक जोडेको छ। नयाँबस्तीले २ खेलमा २ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।