काठमाडौं- हिमालयन शेर्पा क्लब पाँचौ खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा शनिबार सम्पन्न खेलमा नव जनजागृति युवा क्लबलाई ४-० ले हराउँदै हिमालयनक्वाटरफाइनलमा प्रवेश गरेको हो।
हिमालयनले ३०औं मिनेटमा विकास मेराग्लियाको गोलबाट अग्रता लिएको थियो। उनले डेब्यू खेलमै हिमालयनका लागि गोल गरे।
४१औं मिनेटमा उल्रिच सिवेले गोल गर्दै हिमालयनलाई २-० को अग्रता दिलाए। ५७औं मिनेटमा उल्रिचले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन ३-० ले अघि रह्यो।
८१औं मिनेटमा पूर्ण बहादुर गुरुङले गोल गर्दै हिमालयनलाई ४-० को जित दिलाए। जितसँगै हिमालयन क्वाटरफाइनलमा प्रवेश गरेको छ। हिमालयनले क्वाटरफाइनलमा आयोजक सुदुरपश्चिम–११ विरुद्ध खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।