काठमाडौं- इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ।
शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानालाई ५-० गोल अन्तरले पराजित गरेको हो।
लाउटरो मार्टिनेजले ह्याट्रिक गरेको खेलमा इन्टरले रवाफिलो जित निकालेको हो। जति दिलाउने क्रममा दुई गोल इडेन जेकोले गरेका थिए।
जितसँगै इन्टर शीर्ष स्थानमा उक्लिएको छ। इन्टरले २७ खेलमा ५८ अंक जोडेको छ। सालेरनिटाना १५ अंक जोडेर पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।