काठमाडौं– नेपालकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा मिडफिल्डर एरिक विष्ट पोखरा थन्डर्सबाट खेल्ने भएका छन्।
काठमाडौंको सोल्टी होटेलमा भएको अक्सनमा क्याटेगोरी ‘ए’ का विष्टलाई ५ टोलीले बोली लगाएका थिए। उनी गोलाप्रथाबाट पोखरा पुगेका हुन्। उनले अधिकतम मूल्य ३ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
यता, फरवर्ड जर्जप्रिन्स कार्की चितवन पुगेका छन्। गत सिजन पनि उनी चितवन एफसीबाट नै लिग खेलेका थिए।मिडफिल्डर नवीन लामालाई ललितपुर सिटी एफसीले किनेको छ। नविन गत सिजन पनि ललितपुरबाट नै खेलेका थिए।
यता, मिडफिल्डर जया गुरुङ पोखराबाट एनएसएल खेल्नेछन्। उनीमाथि पोखरा र काठमाडौं रेजर्सले बोली लगाएपछि गोलाप्रथाबाट पोखरा पुगेका हुन्। उनले गत सिजन बुटवल लुम्बिनी एफसीबाट लिग खेलेका थिए।
यता, युद्ध शाही १ लाख १० हजार रुपैयाँमा बुटवल पुगेका छन्। गोलरक्षक राजाबाबु थापा १ लाख ५० हजार रुपैयाँमा चितवन पुगेका छन्।
यस्तै, मिडफिल्डर अभिषेक गुरुङ वीरगञ्ज युनाइटेडबाट एनएसएल खेल्ने भएका छन्। उनी अधिकतम १ लाख रुपैयाँमा गोलाप्रथाबाट वीरगन्ज पुगेका हुन्।
फरवार्ड राजेश परियार १ लाख रुपैयाँमा ललितपुर पुगेका छन्। उनीमाथि वीरगञ्ज र ललितपुरले बोली लगाएपछि गोलाप्रथाबाट ललितपुर पुगेका हुन्।
डिफेन्डर दिपक गुरुङ काठमाडौ रेञ्जर्समा पुगेका छन्। दीपक १ लाख रुपैयाँमा गोलाप्रथाबाट झापाले लगेको हो। उनीमाथि ४ टोलीले बोलि लगाएका थिए। यता, मिडफिल्डर निरकुमार राई १ लाख ५० हजारमा विराटनगर पुगेका छन्। उनीमाथि ३ वटा टोलीले बोली लगाएपछि गोलाप्रथाबाट विराटनगर पुगेका छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।