काठमाडौं– बोरहम वुडमाथि सहज जित निकाल्दै इंग्लिस प्रिमियर लिग क्लब एभर्टन एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदानमा बिहीबार राति सम्पन्न खेलमा एभर्टनले बोरहम वुडमाथि २–० को सहज जित निकालेको हो। एभर्टनको जितमा दुवै गोल जोस सलोमोन रोन्डनले गरेका थिए।
खेलको ५७औं मिनेटमा जोस सलोमोन रोन्डनले गोल गर्दै घरेलु टोली एभर्टनलाई सुरुवाती अग्रता दिलाए। उनले जोनजोई केन्नीको पासमा गोल गरेका थिए। ८४औं मिनेटमा रोन्डनले गोल गर्दै एभर्टनको जित पक्का गरे। उनले एन्डरोस टाउनसेन्डको पासमा गोल गरेका थिए।
यसअघि प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, साउथह्याम्टन, क्रिस्टल प्यालेससँगै मिडल्सव्रगले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।