• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भंग गरिएका भातृ संस्थाको तदर्थ समिति घोषणा गर्ने तयारीमा कांग्रेस, नेतृत्वका लागि दौडधुप तीव्र

64x64
बीपी अनमोल बिहीबार, फागुन १९, २०७८  २०:४०
1140x725

काठमाडौं– नेपाली कांग्रेसले भंग गरिएका पार्टीका दशवटा भातृ संस्थामा तदर्थ समिति घोषणाका लागि आवश्यक तयारी अघि बढाएको छ। यसका लागि कांग्रेस पदाधिकारीहरूले आवश्यक तयारी गरिरहेका छन्। दिनहुँजसो अनौपचारिक बैठक बसेर पदाधिकारीहरूले भातृ संस्थाको तदर्थ समिति घोषणाको तयारी गरिरहेका एक नेताले बताए। 

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तदर्थ समिति घोषणाका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेको थियो। सभापतिले पदाधिकारीहरूलाई यसको तयारीमा लाग्न निर्देशन दिएपछि उनीहरुले काम थालेका हुन्।

फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० वटा भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको थियो। अधिवेशन गर्न नसकेका भातृ संस्थाहरु भंग गरेर फागुन मसान्तभित्र नयाँ तदर्थ समिति बनाउने निर्णय भएको थियो। सोही अनुसार कांग्रेस तयारीमा जुटेको छ। 

नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघका तदर्थ समिति घोषणा हुनेछन्। 

नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्मा भातृ संस्थाहरुको विधानमा भएका केही प्रावधानहरु नयाँ संरचनामा ल्याउनुपर्ने भएकाले त्यसको काम भइसकेको बताउँछन्। ‘पदाधिकारीको बैठक बसेर विधानलाई सबै भातृ संस्थाहरुको मिलेसम्म एकरुपतामा ल्याउने काम भइसकेको छ,’ उनले भने, ‘त्यसलाई अन्तिम रुप दिइसकेपछि विधानको टुंगो लाग्ने र त्यसपछि घोषणा हुने छ।’ अहिलेसम्म नेपाल किसान संघ, नेपाल महिला संघ, नेपाल दलित संघको विधान लगभग टुंगिसकेको छ। 

‘अन्य भातृ संस्थाहरुको विधान पनि एक÷दुई दिन भित्रमा नै टुंगो लाग्छ। त्यो टुंगो लागिसकेपछि फागुन मसान्तभित्र पूर्ण आकारमा सबै भातृ संस्थाहरुको तदर्थ समिति गठन हुन्छ,’ नेता विश्वकर्माले भने, ‘पहिले जस्तो संयोजक÷सहसंयोजक मात्रै होइन यसपटक हामी पूर्ण आकारको नै बनाउछौं।’

नेपाली कांग्रेसका भातृसंस्थाहरुको समयावधि समाप्त भएको धेरै भइसकेको छ। यसअघि विभिन्न समयमा अधिवेशन आयोजक समिति घोषणा भए पनि तिनले अधिवेशन सम्पन्न गर्न सकेका थिएनन्। ‘कहिले महाधिवेशनका कारणले त कहिले निर्वाचन र अन्य कारणले अधिवेशन हुन सकेनन्,’ नेता विश्वकर्मा भन्छन्, ‘त्यसकै कारणले खारेज गरिएको थियो। अब यो समस्याको समाधान हुन्छ।’ तदर्थ समिति घोषणा भएपनि तिनको मुख्य जिम्मेवारी भनेको भातृ संस्थाको अधिवेशन गर्नु नै हुनेछ। 

मापदण्डलाई कडाइकासाथ लागू गर्ने तयारी
नेपाली कांग्रेसले भातृ संस्थाहरुको हकमा आवश्यक मापदण्ड समेत निर्माण गरेको छ। विगतमा मापदण्ड निर्माण गरिए पनि कार्यान्वयन हुन सकेको थिएन। तर, यसपटक तदर्थ समिति गठन गर्दा मापदण्डलाई कडाइका साथ लागू गर्ने नेपाली कांग्रेसको तयारी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेविसंघ र तरुण दलमा उमेरको विषयलाई लिएर विवाद हुँदै आइरहेको छ। गत फागुन ६ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तदर्थ समिति गठन गर्दा नेविसंघमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय गरेको थियो। नेता विश्वकर्मा पनि नेविसंघको हकमा ३२ वर्षमुनि र तरुण दलमा ४५ वर्षमुनि हुने प्रावधान राखिएको बताउँछन्। 

‘नेविसंघको हकमा हामीले नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थी नै खोज्दैछौं,’ उनी भन्छन्, ‘त्यसको आन्तरिक तयारी अन्तर्गत केन्द्रीय कार्यसमितिमा रहने साथीहरु स्नातकोत्तर तह अध्ययन गर्दै गरेको मात्रै राखौं भन्ने छलफल भइरहेको छ।’ 

केन्द्रीय तदर्थ समिति घोषणा भइसकेपछि संगठन विस्तार र निर्माणको काम हुने नेताहरू बताउँछन्। जिल्ला कार्यसमिति रहेका ठाउँमा ती कमिटीलाई नै मान्यता दिने र जिल्ला कार्यसमिति र प्रदेश समिति गठन नभएका ठाउँमा केन्द्रीय तदर्थ समिति घोषणा भइसकेपछि गठन हुनेछन्। 

पदाधिकारीले छलफल गरेर तदर्थ समितिको नामावली पार्टी सभापतिलाई बुझाएपछि त्यसमा सभापतिले अन्तिम निर्णय गरेर घोषणा गर्ने तयारी गरिएको छ। स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० मा तोकिएकाले पनि नेपाली कांग्रेसले त्यसअघि नै भातृ संस्थाहरुको तदर्थ समिति घोषणा गरेर उनीहरुलाई निर्वाचनमा क्रियाशील र गतिशील हिसाबले परिचालन गराउने तयारी गरेको हो। 

Xtrem

Xtrem

नेतृत्वका लागि तीव्र दौडधुप
भातृ संस्था भंग गरेर तदर्थ समिति घोषणा गर्ने तयारीपछि नेतृत्वका आकांक्षीहरुले दौडधुप तीव्र बनाएका छन्। उनीहरुले आफूनिकट नेताहरुसँगको संवाद र छलफललाई तीव्र पारेका छन्। 

‘नेताहरुसँग भेटघाट र लविइङ नगरी नेतृत्वमा स्थान पाउन नसकिने अवस्था छ,’ नेविसंघमा आकांक्षी रहेका एक नेता भन्छन्, ‘धेरै साथीहरु प्रतिस्पर्धामा हुनुहुन्छ। आफ्नो तयारी त गर्नैपर्‍यो नि!’ कार्यकाल एक वर्ष भन्दा बढी हुने भएकाले तदर्थ समितिका आकांक्षी धेरै छन्। नेविसंघको अध्यक्षमा प्रेमराज जोशी, प्रेम शाही, डोजाङ शेर्पा, शिव रिमाल लगायतको दाबी छ।

तरुण दलमा निवर्तमान कोषाध्यक्ष विद्वान गुरुङ, पूर्वउपाध्यक्ष्य पुष्पकुमार शाही, महामन्त्री सरोज थापा, शुभराम बस्नेतले आकांक्षा राखेका छन्। महिला संघमा निवर्तमान महासचिव धना खतिवडा, विनिता अधिकारी, हरिप्रभा खड्की, उषा रावत लगायतको दाबेदारी देखिएको छ। अन्यले पनि नेतृत्वमा आउनका लागि आफू निकटस्थ नेताहरुसँगको छलफललाई तीव्रता दिइरहेका छन्। 

नेपाली कांग्रेसभित्र सबैभन्दा धेरै नेविसंघ, तरुण दल र महिला संघमा प्रतिस्पर्धा धेरै हुने देखिन्छ। अन्य भातृ संस्थामध्ये सशक्त मानिने यी तीन भातृ संस्थामा पनि नेताहरुको व्यवस्थापन गर्न नेतृत्वलाई चुनौती नै हुने बताइन्छ। 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्