• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भंग गरिएका भातृ संस्थाको तदर्थ समिति घोषणा गर्ने तयारीमा कांग्रेस, नेतृत्वका लागि दौडधुप तीव्र

64x64
बीपी अनमोल बिहीबार, फागुन १९, २०७८  २०:४०
1140x725

काठमाडौं– नेपाली कांग्रेसले भंग गरिएका पार्टीका दशवटा भातृ संस्थामा तदर्थ समिति घोषणाका लागि आवश्यक तयारी अघि बढाएको छ। यसका लागि कांग्रेस पदाधिकारीहरूले आवश्यक तयारी गरिरहेका छन्। दिनहुँजसो अनौपचारिक बैठक बसेर पदाधिकारीहरूले भातृ संस्थाको तदर्थ समिति घोषणाको तयारी गरिरहेका एक नेताले बताए। 

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तदर्थ समिति घोषणाका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेको थियो। सभापतिले पदाधिकारीहरूलाई यसको तयारीमा लाग्न निर्देशन दिएपछि उनीहरुले काम थालेका हुन्।

फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० वटा भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको थियो। अधिवेशन गर्न नसकेका भातृ संस्थाहरु भंग गरेर फागुन मसान्तभित्र नयाँ तदर्थ समिति बनाउने निर्णय भएको थियो। सोही अनुसार कांग्रेस तयारीमा जुटेको छ। 

नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघका तदर्थ समिति घोषणा हुनेछन्। 

नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्मा भातृ संस्थाहरुको विधानमा भएका केही प्रावधानहरु नयाँ संरचनामा ल्याउनुपर्ने भएकाले त्यसको काम भइसकेको बताउँछन्। ‘पदाधिकारीको बैठक बसेर विधानलाई सबै भातृ संस्थाहरुको मिलेसम्म एकरुपतामा ल्याउने काम भइसकेको छ,’ उनले भने, ‘त्यसलाई अन्तिम रुप दिइसकेपछि विधानको टुंगो लाग्ने र त्यसपछि घोषणा हुने छ।’ अहिलेसम्म नेपाल किसान संघ, नेपाल महिला संघ, नेपाल दलित संघको विधान लगभग टुंगिसकेको छ। 

‘अन्य भातृ संस्थाहरुको विधान पनि एक÷दुई दिन भित्रमा नै टुंगो लाग्छ। त्यो टुंगो लागिसकेपछि फागुन मसान्तभित्र पूर्ण आकारमा सबै भातृ संस्थाहरुको तदर्थ समिति गठन हुन्छ,’ नेता विश्वकर्माले भने, ‘पहिले जस्तो संयोजक÷सहसंयोजक मात्रै होइन यसपटक हामी पूर्ण आकारको नै बनाउछौं।’

नेपाली कांग्रेसका भातृसंस्थाहरुको समयावधि समाप्त भएको धेरै भइसकेको छ। यसअघि विभिन्न समयमा अधिवेशन आयोजक समिति घोषणा भए पनि तिनले अधिवेशन सम्पन्न गर्न सकेका थिएनन्। ‘कहिले महाधिवेशनका कारणले त कहिले निर्वाचन र अन्य कारणले अधिवेशन हुन सकेनन्,’ नेता विश्वकर्मा भन्छन्, ‘त्यसकै कारणले खारेज गरिएको थियो। अब यो समस्याको समाधान हुन्छ।’ तदर्थ समिति घोषणा भएपनि तिनको मुख्य जिम्मेवारी भनेको भातृ संस्थाको अधिवेशन गर्नु नै हुनेछ। 

मापदण्डलाई कडाइकासाथ लागू गर्ने तयारी
नेपाली कांग्रेसले भातृ संस्थाहरुको हकमा आवश्यक मापदण्ड समेत निर्माण गरेको छ। विगतमा मापदण्ड निर्माण गरिए पनि कार्यान्वयन हुन सकेको थिएन। तर, यसपटक तदर्थ समिति गठन गर्दा मापदण्डलाई कडाइका साथ लागू गर्ने नेपाली कांग्रेसको तयारी छ। 

Ncell 2
Ncell 2

नेविसंघ र तरुण दलमा उमेरको विषयलाई लिएर विवाद हुँदै आइरहेको छ। गत फागुन ६ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तदर्थ समिति गठन गर्दा नेविसंघमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय गरेको थियो। नेता विश्वकर्मा पनि नेविसंघको हकमा ३२ वर्षमुनि र तरुण दलमा ४५ वर्षमुनि हुने प्रावधान राखिएको बताउँछन्। 

‘नेविसंघको हकमा हामीले नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थी नै खोज्दैछौं,’ उनी भन्छन्, ‘त्यसको आन्तरिक तयारी अन्तर्गत केन्द्रीय कार्यसमितिमा रहने साथीहरु स्नातकोत्तर तह अध्ययन गर्दै गरेको मात्रै राखौं भन्ने छलफल भइरहेको छ।’ 

केन्द्रीय तदर्थ समिति घोषणा भइसकेपछि संगठन विस्तार र निर्माणको काम हुने नेताहरू बताउँछन्। जिल्ला कार्यसमिति रहेका ठाउँमा ती कमिटीलाई नै मान्यता दिने र जिल्ला कार्यसमिति र प्रदेश समिति गठन नभएका ठाउँमा केन्द्रीय तदर्थ समिति घोषणा भइसकेपछि गठन हुनेछन्। 

पदाधिकारीले छलफल गरेर तदर्थ समितिको नामावली पार्टी सभापतिलाई बुझाएपछि त्यसमा सभापतिले अन्तिम निर्णय गरेर घोषणा गर्ने तयारी गरिएको छ। स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० मा तोकिएकाले पनि नेपाली कांग्रेसले त्यसअघि नै भातृ संस्थाहरुको तदर्थ समिति घोषणा गरेर उनीहरुलाई निर्वाचनमा क्रियाशील र गतिशील हिसाबले परिचालन गराउने तयारी गरेको हो। 

नेतृत्वका लागि तीव्र दौडधुप
भातृ संस्था भंग गरेर तदर्थ समिति घोषणा गर्ने तयारीपछि नेतृत्वका आकांक्षीहरुले दौडधुप तीव्र बनाएका छन्। उनीहरुले आफूनिकट नेताहरुसँगको संवाद र छलफललाई तीव्र पारेका छन्। 

‘नेताहरुसँग भेटघाट र लविइङ नगरी नेतृत्वमा स्थान पाउन नसकिने अवस्था छ,’ नेविसंघमा आकांक्षी रहेका एक नेता भन्छन्, ‘धेरै साथीहरु प्रतिस्पर्धामा हुनुहुन्छ। आफ्नो तयारी त गर्नैपर्‍यो नि!’ कार्यकाल एक वर्ष भन्दा बढी हुने भएकाले तदर्थ समितिका आकांक्षी धेरै छन्। नेविसंघको अध्यक्षमा प्रेमराज जोशी, प्रेम शाही, डोजाङ शेर्पा, शिव रिमाल लगायतको दाबी छ।

तरुण दलमा निवर्तमान कोषाध्यक्ष विद्वान गुरुङ, पूर्वउपाध्यक्ष्य पुष्पकुमार शाही, महामन्त्री सरोज थापा, शुभराम बस्नेतले आकांक्षा राखेका छन्। महिला संघमा निवर्तमान महासचिव धना खतिवडा, विनिता अधिकारी, हरिप्रभा खड्की, उषा रावत लगायतको दाबेदारी देखिएको छ। अन्यले पनि नेतृत्वमा आउनका लागि आफू निकटस्थ नेताहरुसँगको छलफललाई तीव्रता दिइरहेका छन्। 

नेपाली कांग्रेसभित्र सबैभन्दा धेरै नेविसंघ, तरुण दल र महिला संघमा प्रतिस्पर्धा धेरै हुने देखिन्छ। अन्य भातृ संस्थामध्ये सशक्त मानिने यी तीन भातृ संस्थामा पनि नेताहरुको व्यवस्थापन गर्न नेतृत्वलाई चुनौती नै हुने बताइन्छ। 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ ‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने,... शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह सन्देशमा उनले भनेका छन्, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ पूर्वराजा शाहले सबै जात,... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्