काठमाडौं– धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ।
साविक उपविजेता धनगढीले विशाललाई नै मार्की खेलाडीमा निरन्तरता दिएको जनाएको हो।क्लबले सामाजिक सञ्जालमार्फत् विशाललाई अनुबन्ध गरेको जानकारी दिएको हो।
धनगढी गत वर्ष फाइनलमा काठमाडौं रेजर्ससँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो।
विशाल सहिद स्मारक ए डिभिजन लिग क्लब मच्छिन्द्रका महत्त्वपूर्ण सदस्य हुन्। मछिन्द्रले लगातार दोस्रोपटक ए डिभिजन लिगको उपाधि जित्दा विशाल टोलीका महत्त्वपूर्ण सदस्य रहेका थिए।
वैवाहिक सम्बन्धमा बाँधिने भएपछि उनले यो सिजन लिगको अन्त्यतिर केही खेल गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।