काठमाडौं- साविक विजेता काठमाडौं रेजर्सले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा मा प्रशिक्षक र मार्की खेलाडीलाई निरन्तरता दिएको छ।
रेर्जसले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै आफ्नो टोलीले प्रशिक्षकमा बालगोपाल महर्जन र मार्की खेलाडीमा गोलरक्षक विकेश कुथुलाई निरन्तरता दिएको जानकारी दिएको हो।
१२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली राष्ट्रिय फुटबल टोलीले स्वर्ण पदक जित्दाका महत्त्वपूर्ण सदस्य विकेश आर्मीका पहिलो रोजाईका गोलरक्षक हुन्।
यता, महर्जनको प्रशिक्षणमा १३औं सागमा नेपालले स्वर्ण पदक जितेको थियो।
राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान समेत रहेका महर्जनले सन् २०१० देखि १०१६ सम्म एन्फामा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
उनले भारतमा ‘बी’ डिभिजन लिगको क्लब तथा बंगलादेशमा ब्रदर्स युनियनलाई समेत प्रशिक्षण दिएका थिए। उनकै प्रशिक्षणमा नेपालले गत वर्ष घरेलु मैदानमा थ्री नेसन्स कपको उपाधि पनि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।