काठमाडौं– चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिचले क्लब विक्री गर्ने योजना बनाएको बताएका छन्।
प्रिमियर लिग क्लबको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा रुसी व्यापारी अब्रामोभिचले क्लब विक्रीको निर्णय एकदमै कठिन भएको र त्यसले ‘पीडा दिएको’ उल्लेख गरेका छन्।
क्लब विक्रीमार्फत आर्जन हुने मुनाफा युक्रेन–रुस युद्धका पीडितलाई दान गर्नेसमेत उनले घोषणा गरेका छन्। युक्रेनमाथि रुसी आक्रमणपछि शनिबार अब्रामोभिचले क्लब सम्हाल्ने जिम्मेवारी त्यसका संरक्षकहरूलाई दिने बताएका थिए।
उनको सो घोषणापछि चेल्सी अब विक्रीमा राखिने अड्कलबाजी सुरु भएको थियो। अब्रामोभिचले डेढ अर्ब पाउन्ड स्टर्लिङ ऋण लिएका छन्।
अब्रामोभिचको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गहिरो सम्बन्ध रहेको बताइन्छ। तर उनले त्यो अस्वीकार गर्दै आएका छन्।
चेल्सी खरिदका लागि अब्रामोभिचले प्रस्ताव पाइसकेको बीबीसी स्पोर्ट्सले उल्लेख गरेको छ। उनले क्लबको मूल्य तीन अर्ब पाउन्ड स्टर्लिङ (झण्डै ४ खर्ब ८७ अर्ब रुपैयाँ) राखेको बताइन्छ।
सन् २००३ मा अब्रामोभिचले १४ करोड पाउन्ड स्टर्लिङमा खरिद गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।