काठमाडौं– लिभरपुल प्रिमियर लिग प्रतिद्वन्द्वी नर्विच सिटीलाई पराजित गर्दै एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
जापानी फरवार्ड ताकुमी मिनामिनोको दुई गोल मद्दतमा लिभरपुलले नर्विचमाथि जित हात पारेको हो। घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले २–१ को जित निकालेको हो। नर्विचका लुकास रुपले एक गोल फर्काए।
एनफिल्डमा बुधबार राति सम्पन्न खेलको २७औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए। उनले डिभोक ओरिगीको पासमा गोल गरेका थिए।
खेलको ३९औं मिनेटमा मिनामिनोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को अग्रता दिलाए। खेलको ७६औं मिनेटमा लुकास रुपले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।