काठमाडौं– प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सिटीले च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। सिटीको जितमा रियाद महारेज र ज्याक ग्रेलिसले गोल गरे।
वेस्टन होम्स स्टेडियम पिटर्सब्रगमा मंगलबार राति सम्पन्न खेलमा सिटीले दोस्रो हाफमा ८ मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीको जित पक्का गरेको थियो।
खेलको ६०औं मिनेटमा रियाद महारेजको गोलबाट सिटी १–० ले अघि बढेको थियो। उनले फिल फोडेनको पासमा गोल गरेका थिए। ६७औं मिनेटमा ज्याक ग्रेलिसले फोडेनकै पासमा गोल गर्दै टोलीको जित पक्का गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।