• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पत्रकार सम्मेलनमा ओली : सभामुख र प्रचण्ड–माधवलाई गाली, एमसीसी अनुमोदनमा ताली !

64x64
बीपी अनमोल मंगलबार, फागुन १७, २०७८  २०:२६
1140x725

काठमाडौं– लामो रस्साकस्सीबीच आइतबार प्रतिनिधि सभाबाट अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौता अनुमोदन भयो। एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा लामो समयदेखि सत्ता साझेदार दलबीच नै मतभेद कायमै रह्यो। तर, अन्तिममा व्याख्यात्मक घोषणासँगै सम्झौता अनुमोदन गर्न उनीहरु राजी भए। 

संसद्को सबैभन्दा ठूलो दल, प्रमुख प्रतिपक्ष नेकपा एमालेले एमसीसीका विषयमा आफ्नो धारणा राखेन। संस्दमा पनि मतदानमा सहभागी भएन। सत्ता गठबन्धनको निर्णयपछि मात्रै एमसीसीबारे धारणा सार्वजनिक गर्ने भनेको एमालेले एमसीसी अनुमोदन हुने दिन पनि संसद् अवरोध कायमै राख्यो।

त्यसको तीन दिनपछि एमालेले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले एमसीसी संसद्बाट अनुमोदन भएको विषयलाई प्रष्ट रूपमा स्वागतयोग्य भनेको छ। 

‘एमसीसी सम्झौतामा हामीलाई प्रक्रियाबाट अलग राखेर अहिलेको गठबन्धनले पारित गरेको छ। सडकमा कार्यकर्तालाई ढुंगा हानेर त्यो गरिएको छ। यसको हिसाबकिताब जनताले खोज्नुपर्छ,’ पत्रकार सम्मेलन एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘संसद्‌बाट पारित भइसकेपछि त्यो कार्यान्वयन नगर्ने भन्ने हुँदैन। प्रक्रियागत त्रुटि सरकारले गर्‍यो, त्यो गलत हो। संसद्ले पारित गरिसकेपछि जसरी पनि कार्यान्वयनमा जानुको विकल्प छैन। कार्यान्वयन कसरी हुन्छ, त्यसको रखवारी गर्नुपर्छ।’

अध्यक्ष ओलीले एमसीसी संसद्बाट अनुमोदन भइसकेपछि त्यसको कार्यान्वयन कसरी हुन्छ, त्यसमा केन्द्रित हुनुपर्ने बताए। ‘देश विकास र राष्ट्रिय हित, सार्वभौमसत्ता, स्वाधीनता र हाम्रो स्वतन्त्रतामा कुनै पनि प्रावधानले असर नपर्ने गरी कार्यान्वयन हुनुपर्छ,’ उनले भने, ‘यदि सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमानमा तलमाथि गर्न खोजियो भने नेकपा एमालेलाई मान्य हुन सक्दैन।’

‘लाज ढाक्न व्याख्यात्मक घोषणा’
एमालेले सत्ता गठबन्धनले लाज ढाक्नकै लागि व्याख्यात्मक घोषणा अघि सारेको उल्लेख गरेको छ। ‘यो लाज ढाक्नका लागि धरो चाहिएको थियो। त्यही गरिएको हो,’ ओलीले भने, ‘व्याख्यात्मक घोषणाको एमसीसी सम्झौतासँग कुनै अर्थ छैन।’ 

उनले जनतालाई झुक्याउने, अल्मल्याउने र धोका दिने ठगी धन्दा मात्रै भएको बताए। ‘व्याख्यात्मक घोषणा लागू हुन्छ। अमेरिकाले पनि मान्नुपर्छ। नभए त्यतिबेला नै यो सम्झौता रद्द हुन्छ भनेका छन्। यो हेर्नुपर्छ,’ उनले भने, ‘हाम्रा छिमेकीसँग कुरामा ओठे भक्ति र व्यवहारमा अर्कै हुँदैन। जे भन्छौं त्यही गर्छौं।’ 

उनले सत्तागठबन्धनले नै एमसीसी गिजोल्ने काम गरेको आरोप पनि लगाए। ‘आईपीएसको अंगको विषय बनाइयो भनेर गलत प्रचारबाजी गरियो। आफ्ना कार्यकर्ता सडकमा उतारेर हिंसात्मक आन्दोलन गर्न लगाए,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै ओलीले भने, ‘अहिले तथाकथित व्याख्यात्मक घोषणाबाट आईपीएसको अंग होइन भन्ने काम भयो।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले विकास परियोजनाका रुपमा अघि बढाउनुपर्ने एमसीसीमाथि राजनीति गरेर देशमा मतभेद र द्वन्द्व सिर्जना गराउने काम भएको उल्लेख गरे।  

सभामुख र सरकारप्रति आक्रामक
एमालेले सुरुवातदेखि नै सभामुख र गठबन्धन सरकारको चर्को आलोचना गर्दै आइरहेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा पनि ओली सभामुख अग्निप्रसाद सापकोटा, गठबन्धन सरकार र नेकपा माओवादी केन्द्रका प्रचण्ड तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालप्रति आक्रामक देखिए। 

सभामुखको चर्को आलोचना गरेका ओलीले उनीविरुद्ध महाभियोग ल्याउन सक्ने पनि संकेत गरे। ‘नेकपा एमालेले कति बेला के गर्ने भन्ने हेक्का नराखी केही गर्दैन। सभामुखविरुद्ध महाभियोग ल्याउन सक्छ। नल्याउन पनि सक्छ,’ ओलीले थपे, ‘उहाँले राजीनामा गरे ल्याउँदैन। स–सम्मान बर्हिगमित हुनुस् भन्ने हाम्रो भनाइ हो। कमसेकम संसद्ले निष्कासन गर्नुपर्‍यो भन्ने नहोस् भन्ने हाम्रो लाइन हो।’ 

उनले सभामुखका क्रियाकलाप अनुचित रहेको भन्दै ती नसच्चाए एमालेले समयअनुसार निर्णय गर्न सक्ने चेतावनी दिए। ‘अहिले राष्ट्रिय राजनीति लिकबाट बाहिरिएको छ। संसद्भित्र वा बाहिरको हाम्रो जारी लडाइँ लोकतन्त्रको आधारभूत मूल्य, मान्यता र दलीय प्रणालीको मर्मलाई स्थापित गर्न र त्यसलाई अझ सुदृढ गर्नका लागि हो,’ उनले भने, ‘चार वर्षअघिको जनादेश अहिले खण्डित भएको छ। संसद् प्रभावकारी हुन सकेको छैन। सभामुखको भूमिकाले थप गतिरोध निम्तिएको छ।’

Xtrem

Xtrem

एमालेले कारबाही गरेका सांसदलाई जोगाएर सभामुख दल विभाजनको मतियार बनेको आरोप ओलीले लगाए। ‘गठबन्धनका केही दलले एमसीसीको नाममा जनतालाई तर्साएर, धम्काएर आफ्नो कुरा माथि पार्न खोजे। कार्यकर्तालाई हिंसात्मक रुपमा उतारेर तोडफोड, विपक्षी दलका नेताका गाडीमाथि ढुंगा प्रहार र प्रहरीलाई घाइते बनाउने काम गरे,’ उनले भने, ‘एमसीसीमा राष्ट्रघात भएको हो कि होइन? भएको होइन भने किन आन्दोलन गर्नुभयो? प्रचण्ड–माधवले कार्यकर्ता उकासेर देशभक्तिको सेन्टिमेन्ट उतारेर वातावरण अशान्त बनाउने काम गरे।’

उनले आफूहरु संसद्मा सहभागी हुन वातावरण बनाउन चाहे पनि त्यो प्रक्रियामा सहभागी हुन नसकेको बताए। ‘हामीमाथि ज्यादतीपूर्ण रुपमा व्यवहार गरियो। असंसदीय क्रियाकलाप हामीमाथि गरियो,’ ओलीले थपे।  

उनले गठबन्धनका कारण संविधान मिचिने खतरा झन् बढेको भन्दै अहिले लोकतन्त्रका मूल्य, मान्यता र संविधानको व्यवस्था मिचिने काम भएको पनि बताए। 

‘प्रचण्ड–माधवको एक्लै चुनावमा जाने हैसियत छैन’
ओलीले प्रचण्ड र माधव नेपाललाई गठबन्धन टुट्यो भने आफ्नो जहाज डुब्ने चिन्ता भएकै कारण पहिला राष्ट्रघाती भनेको एमसीसीमा पछि सहमत भएको टिप्पणी गरे। ‘उहाँहरुले राष्ट्रघाती सम्झौता भनेर हिंसात्मक गतिविधि गर्न कार्यकर्ता सडकमा उतार्ने काम गर्नुभयो,’ उनले भने, ‘उहाँहरुलाई त गठबन्धन टुट्यो भने त हाम्रो जहाज डुबिहाल्छ भन्ने चिन्ता थियो।’

ओलीले एक्लै चुनावमा जान सक्ने हैसियत नै उनीहरुसँग नरहेको भन्दै ती पार्टीको कुनै भविष्यसमेत नभएको बताए। 

‘हामी त एक्ला एक्लै चुनावमा आउन चुनौती दिइरहेका छौं। पाँच वटा मात्रै होइन, जतिवटा छन् मिलेर आए हुन्छ,’ उनले भने, ‘एक्लै चुनाव लड्न र जित्न एमाले तयार छ। अबको चुनावको परिणाम पर्खनुस्।’ उनले गठबन्धन कायम राख्न प्रचण्ड र माधव नेपालका घुँडाका छाला गइसकेको भन्दै अबको दिन अझै हेर्न बाँकी रहेको बताए।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  २०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्