काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसलाई प्रतिबन्ध गरेको छ।
फुटबलका दुवै निकायलेएक सूचना जारी रुसलाई तत्कालका लागि सबैखाले खेलमा प्रतिबन्ध लगाएको जनाएको छ।
रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको हो।
फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको हो।
प्रतिबन्धसँगै रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोटअन्तर्गतको प्ले अफ खेल खेल्न पाउने छैन भने रुसी क्लब मस्को युरोपा लिगबाट बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।