• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'होटेल बसेरा'को त्यो बसाइ, जसले जोगायो गठबन्धन

64x64
डिबी खड्का आइतबार, फागुन १५, २०७८  २१:०९
1140x725

काठमाडौं- अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेशनको 'मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)' नेपालले स्वीकारेको छ। 

आइतबार प्रतिनिधि सभाबाट 'व्याख्यात्मक घोषणा'सहित एमसीसी अनुमोदन भएको हो। यससँगै सत्ता गठबन्धनले तत्कालीन संकटबाट पार पाएको छ।
  
सत्तागठबन्धन जोगाउने 'टर्निङ प्वाइन्ट' भने सिंहदरबार नजिकैको होटेल बसेराको बसाइ थियो। एमसीसीका कारण गठबन्धन भाँडिएको 'निष्कर्ष' निस्किँदै गर्दा गत सोमबार साँझ होटेल बसेरामा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताबीच गोप्य छलफल चलेको थियो।

छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा (एकीकृत समाजवादी)का नेताद्वय रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ थिए। छलफलकै क्रममा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता सेमन्त दाहाल पनि सहभागी भए। 

'व्याख्यात्मक घोषणा'बाट गठबन्धन जोगाउन सकिने भन्दै त्यसको नमूनासहित छलफल भएको थियो। त्यही छलफल 'टर्निङ पोइन्ट' बनेको यो प्रक्रियामा सहभागी एक नेता बताउँछन्।

उक्त  छलफलपछि झाँक्री र श्रेष्ठ समाजवादीका अध्यक्ष माधव नेपाललाई त्यसबारे 'ब्रिफिङ' गर्न राति १० बजे नेपालनिवास कोटेश्वर पुगेका थिए। मंगलबार 'एमसीसी स्वीकार्न सत्ता गठबन्धनमा नयाँ छलफल, सम्झौतासँगै संसद्‌बाट 'व्याख्यात्मक घोषणा' पास गर्ने तयारी' शिर्षकमा नेपाल लाइभले समाचार 'ब्रेक' गरेको थियो।

वैकल्पिक प्रस्तावमाथि छलफल चलिरहँदा मौजुदा हालतमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने 'लाइन'मा सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु थिए। त्यही समय यस्तो उपाय नमूनासहित आएपछि गठबन्धनमा छलफलको वातावरण बनेको यो प्रक्रियामा सहभागी एक नेता बताउँछन्। 

एकीकृत समाजवादीका नेताहरु झाँक्री र श्रेष्ठले अध्यक्ष नेपाललाई बताएपछि त्यसको कानुनी धरातल खोज्ने जिम्मा उनीनिकट कानुनविद् गोविन्द बन्दीले पाए। बन्दीले नै 'भियना कन्भेन्सन अन द ल अफ ट्रिटिज' र संयुक्त राष्ट्रसंघको 'इन्टरनेसनल ल कमिसन'ले सन् २०११ मा सार्वजनिक गरेको गाइडलाइनमा 'डिक्लेरेटिभ इन्टरप्रिटेसन'को व्यवस्था रहेको नेता नेपाललाई बताएका थिए। 

उनले यसको फ्रान्स, कोलम्बिया र इजरायलले प्रयोग समेत गरिसकेको उदाहरणसमेत पेस गरेका थिए। नेताद्वय झाँक्री र कानुनविद् बन्दीको ब्रिफिङपछि नेपाल यो विकल्पमा छलफल गर्न राजी भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई समेत 'व्याख्यात्मक घोषणा'को बाटोबाट जान सकिने कुरा नेपालले नै बताएका हुन्। नेपालको उक्त भनाइपछि अध्यक्ष प्रचण्डले आफू निकटस्थ नेता शक्ति बस्नेतलाई सक्रिय बनाएको बुझिएको छ। 

दोस्रो पुस्ताका नेताहरु यो विकल्पमा सक्रिय भइरहेका बेला शीर्ष तह 'पर्ख र हेर'तिर लाग्यो। प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद बढाए। 

शुक्रबार र शनिबार कांग्रेस महामन्त्री थापा, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, शहरी विकास मन्त्री एवं एकीकृत समाजवादीकी सचिव झाँक्री र कानुनविद् बन्दी सक्रिय भएका हुन्। उनीहरुले गठबन्धनका शीर्ष नेताहरुका साथै प्रधानमन्त्री देउवासँग पटक-पटक छलफल गरेका थिए। 

छलफलको क्रम शनिबार राति ११ बजेसम्म चल्यो। 'व्याख्यात्मक घोषणा'को अन्तिम मस्यौदामा प्रचण्डनिवास खुमलटारमा शनिबार राति प्रचण्डका साथै नेपाल र कानुनविद् बन्दीले छलफल गरेका थिए। उक्त छलफलपछि दुवै नेताहरु व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने टुंगोमा पुगेका हुन्। 

'राजनीतिक लाइन दिने' गगनको पूर्वघोषणाको कार्यान्वयन
नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दा गत मंसिर २३ गते थापाले भनेका थिए, 'कांग्रेसको महामन्त्री केबल महामन्त्रीको कुर्सीमा बस्ने मात्र होइन। कांग्रेसको महामन्त्री भनेको कांग्रेसको राजनीतिक लाइन, कांग्रेसको कार्यदिशाको प्रस्तावक हो। उसले गनगन गर्ने होइन, यो भएन ऊ भएन भन्ने होइन। यो महामन्त्रीको कुर्सी भनेको कुनै बेला गणेशमान बसेको कुर्सी हो, गिरिजाप्रसाद कोइराला बसेको कुर्सी हो।'

अमेरिकी सहयोग नियोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताका कारण सत्ता गठबन्धन मात्रै होइन, कांग्रेसको सरकार नै धरापमा परेको समयमा कांग्रेस महामन्त्री थापाको 'लाइन' उपयोगी बनेको छ। पूर्वघोषणाअनुसार 'कांग्रेसको राजनीतिक लाइन, कांग्रेसको कार्यदिशाको प्रस्तावक'ले कार्यान्वयन गरेका छन्। 

धरापमा परिसकेको सत्ता गठबन्धन कांग्रेस महामन्त्री थापाकै वैकल्पिक प्रस्तावका कारण जोगिएको छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री थापाले अघि सारेको 'व्याख्यात्मक घोषणा'मा अन्य दलहरुलाई ल्याइपुर्‍याउन सफल भएका छन्। १२ बुँदे 'व्याख्यात्मक घोषणा'सहित एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको छ। 

थापाले पहिलोपल्ट गत शुक्रबार संसद् भवनबाट निस्कँदै गर्दा सार्वजनिक रुपमा उनले 'व्याख्यात्मक घोषणा'सहित एमसीसी पास गर्नुपर्ने धारणा राखेका थिए। उनले भनेका थिए, 'प्रष्ट नभएका कुरामा प्रष्ट पारेर एमसीसी पारित गरौं। त्यसमा दायाँबायाँ भए नेपालले खारेज गर्नेछ भनेर लेखौं। अलमलमा नराखौं।'

पहिलो 'ड्राफ्ट'मा ७ बुँदा, अन्तिममा १२
बसेरामा भएको छलफलका लागि एउटा 'ड्राफ्ट' तयार भएको थियो। कानुनविदहरुको सहयोगमा त्यो 'संकल्प प्रस्ताव' महामन्त्री थापाले बनाएका थिए। एमसीसीका विषयमा सत्ता साझेदार माओवादी केन्द्र,  एकीकृत समाजवादीले उठाएका र आमजनमा भ्रमका रुपमा फैलिएका विषयमा 'व्याख्यात्मक घोषणा' गर्नेगरी गरी प्रारम्भिक खाका तयार गरिएको थियो। 

उक्त प्रारम्भिक खाकामा ७ वटा बुँदामा घोषणा थियो। 'अनुसूची'का रुपमा उक्त घोषणा राखिएको थियो। घोषणा गर्नुका चार कारण पहिल्याएर संकल्प प्रस्तावको उद्देश्यमा राखिएको थियो। 

सम्झौताको कार्यान्वयन उक्त घोषणाअनुसार भए-नभएको अनुगमन गर्नुका सँगै संसदीय अनुगमन विशेष समिति पनि बनाउने प्रस्ताव गरिएको थियो। संसद्को राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गत एक एमसीसी परियोजना निरीक्षण उपसमिति गठन गर्ने प्रस्तावमा थियो। 

सम्झौता कार्यान्वयनका सन्दर्भमा भएको प्रगति विवरण एमसीए नेपालले नियमित रुपमा प्रत्येक ३ महिनामा संसदीय समितिलाई जानकारी गराउनेसमेत त्यसमा उल्लेख गरिएको थियो। समितिले एमसीए नेपाललाई नागरिक गुनासो व्यवस्थापन प्रणाली लागू गर्न निर्देशन दिनुका साथै मासिक खर्च र भौतिक प्रगतिको समेत अनुगमन गर्न सक्ने उक्त 'ड्राफ्ट'मा थियो। 

परियोजना सञ्चालन गर्दा नेपाल वा नेपालको राष्ट्रिय हितलाई नोक्सान हुने देखेमा नेपालले जुनसुकै समयमा ३० दिनको समयसीमा दिएर सम्झौता रद्द गर्नसक्ने समेत उक्त घोषणामा उल्लेख गर्ने प्रस्ताव अघि सारिएको थियो।

प्रस्तावलाई नमूनाका रुपमा लिएर परराष्ट्र मन्त्रालयले सम्झौताको रुप दिएको छ। सोही रुपमाथि शीर्ष नेताहरु र कानुनविदबीच छलफल चलाएर अन्तिम रुप दिइएको छ। पहिले ७, त्यसपछि १४ बुँदे, ११ बुँदे हुँदै १२ बुँदे व्याख्यात्मक घोषणा संसद्बाट अनुमोदन गरिएको छ। 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसकाे १५आै महाधिवेशन सुरू, आज वडा अधिवेशन हुंदै महाधिवेशनलाई लिएर पार्टीभित्र ध्रुवीकरण भइरहेका बेला गाउँ र वडास्तरका कार्यकर्ता अधिवेशनमा सक्रिय रूपमा जुटेका छन्। देशभरिका वडामा श... शनिबार, असोज ३, २०८३
संविधानको मर्ममाथि खेलवाड नगर्न सरकारलाई आङ्देम्बेको चेतावनी उनले संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार गर्ने प्रयास स्वीकार्य नहुने भन्दै सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलक... शनिबार, असोज ३, २०८३
राष्ट्रिय एकता सुदृढ गर्न संविधान पक्षधर शक्तिलाई ओलीको आग्रह संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनु... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद शनिबार, असोज ३, २०८३
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै शनिबार, असोज ३, २०८३
कांग्रेसकाे १५आै महाधिवेशन सुरू, आज वडा अधिवेशन हुंदै शनिबार, असोज ३, २०८३
संविधानको मर्ममाथि खेलवाड नगर्न सरकारलाई आङ्देम्बेको चेतावनी शनिबार, असोज ३, २०८३
राष्ट्रिय एकता सुदृढ गर्न संविधान पक्षधर शक्तिलाई ओलीको आग्रह शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्