काठमाडौं– इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले जित हात पारेको छ। शीर्षस्थानमा रहेको सिटीले एभर्टनलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो।
सिटीको जितमा फिल फोडेनले खेलको अन्त्यतिर गरेको गोल नै निर्णायक बन्यो। गुडिसन पार्कमा शनिबार राति सम्पन्न खेलमा फोडेनले ८२औं मिनेटमा गोल गरेका थिए।
जितसँगै सिटीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ। सिटीको २६ खेलबाट ६६ अंक पुगेको छ। एक खेल कम खेलेको लिभरपुलको ६० अंक छ।
पराजित एभर्टन २४ खेलबाट २२ अंक जोडेर १७औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।