काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ।शनिबार राति सम्पन्न खेलमा टोटेनहमले लिड्स युनाइटेडलार्ई ४–० गोल अन्तरले पराजित गरेको हो।
टोटेनहमले खेलको १० औं मिनेटमा माट दोहेर्टीले गोलमा सुरुवाती अग्रता बनाएको थियो। डिजेन कुलुसेभ्सकीले १५औं मिनेटमा गोल गर्दै टोटेनहमलाई २–० को अग्रता दिलाए।
खेलको २७ औं मिनेटमा ह्यारी केनले गोलको गोलसँगै टोलीलाई ३–० को स्थितिमा पुग्यो। त्यसपछि खेलको ८५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ४–० को जित दिलाए।
जितसँगै २५ खेलमा ४२ अंक जोडेको टोटेनहम लिगको सातौं स्थानमा रहेको छ। पराजित लिड्स २३ अंक जोडेर १६ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।