• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

के थिएनन् र जयनन्द लामा?

64x64
बुलु मुकारुङ शनिबार, फागुन १४, २०७८  ०७:०१
1140x725

कलाकार जयनन्द लामा २०१३ वैशाख २ गते सिन्धुपाल्चोक जिल्लामा जन्मी बाह्रबिसे बजारमा हुर्केका थिए। उनका आमा साहिँली लामा तथा बुबा टेकबहादुर लामा हुन्। निम्न मध्यम वर्गीय परिवारमा हुर्केका लामा सानैदेखि चञ्चले स्वभावका थिए। गाउँकै स्कुलमा पढ्दा नाच्न र गाउन उधुम मन पराउँथे। छ–सात कक्षा पढ्दा बाह्रबिसे बजार क्षेत्रमा बाल कलाकारको रूपमा आफ्नो परिचय बनाइसकेका थिए।

त्यसबेला काठमाडौं र सिन्धुपाल्चोक सडक जोडिसकेको थिएन। अनि २०२३ सालमा कोदारी रागमार्गको सडकले दोलालघाटको पुल जोड्यो। त्यसपछि काठमाडौंका लोकसंस्कृतिका अध्ययनकर्ता साथै गायक कलाकारहरू सिन्धुपाल्चोकको चौतारा बजार आउने–जाने र आफ्ना गायन प्रस्तुति दिन थाले। जसका कारण उनको बाल मस्तिष्कमा कलाप्रतिको अनुराग टुसाउन थाल्यो। 

लोकगायक लामालाई परिचय गराउँदा धेरै वटा पाटोबाट दृष्टिगत गरिनु पर्छ। लोकगायक, लेखक, नाटक कलाकार, नृत्यकार, सङ्गीत शिक्षक, वाद्य वादक, चलचित्र निर्देशक, अभिनय तथा हास्य व्यङ्ग्य कलाकार आदि उपाधिले उनलाई अलङ्कर गर्ने गरिन्छ। एक व्यक्तिसँग विभिन्न विधा अनि दक्षता रहनु आफैमा रहस्य तथा आश्चर्यको विषय हो। तर कलाकार जयनन्द लामा ती विशेषणका हकदार थिए। 

गायन क्षेत्रमा प्रेरणा, प्रभाव र प्रस्थान
अगुवा गायक प्रेमध्वज प्रधान सिन्धुपाल्चोकको सदरमुकाम चौताराकै थिए। उनको प्रसिद्धि धेरै माथि चुलिसकेको थियो। प्रधानले गाएको लोकगीत ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो, मगमग चल्यो बासना’ रेडियो नेपालबाट दैनिक सुन्दा जयनन्द लामालाई पनि गायक बन्ने असिम इच्छा जागिसकेको थियो। गायक प्रधान सिन्धुपाल्चोककै हुन् भन्ने थाहा पाउँदा त उनलाई भेट्न लामा हुटहुटिए। गायक कुमार बस्नेतका ‘ओहोइ नाना होइ नाना’, ‘भोटमाथि चीनमा यो दिनमा’ आदि सेलो भाकाका लोकगीत सुन्दा त्यस्तै गीत गाउन पाए हुन्थ्यो भन्ने पिरलोले लामालाई सताइरहन्थ्यो। 

जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै भयो। २०२७ सालतिर एक दिन घुम्दै फिर्दै ‘भैरव नृत्यदल–२०१०’का संस्थापक तथा निर्देशक संस्कृतिविद् भैरवबहादुर थापा बाह्रबिसे बजार पुगे। त्यहाँ उनले फुर्तिला केटाहरूको एउटा जमात भेटे। त्यसमध्ये जयनन्दलाल लामा, खेलबहादुर लामा र कृष्णबहादुर लामा पनि थिए। नलजाउने यी तीनै जना ससाना छतौरे केटाहरूलाई संस्कृतिविद् थापाले सोधे, ‘तिमीहरू मसँग नाचगान गर्न काठमाडौं जान्छौ त?’ तीनै जनाले जाने उत्तर दिए।

संस्कृतिविद् थापाले उनीहरूका आमा–बालाई भेटेर परिपाठ लगाए। ‘सानै छन्, के कसो हो’ भन्ने शंका उनीहरूका अभिभावकहरूले उठाए। तर, जयनन्दलाल लामाले जाने अड्डी नै कसे। उनका आमाबाबुको केही चलेन। उनी नृत्य गुरु थापाको साथ लागेर काठमाडौं आए। अर्को साल खेलबहादुर अनि कृष्णबहादुर लामा पनि उपत्यका भित्रिए। नृत्य निर्र्देशक थापाले जयनन्दलाल लामा नाम लामो भयो भनेर जयनन्द बनाइ दिए। 

‘भैरव नृत्य दल’ २०१० सालमा स्थापना भएको संस्था थियो। प्रसिद्ध नाटककार बालकृष्ण समको उपस्थितिमा स्थापना भएको यो नृत्य दलमा तीनै जना आवद्ध भएर नाच सिक्न थाले। पछि सोही दलमा अहिलेका प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्य र लोकगायक तथा सङ्गीतकार राम थापा पनि जोडिन आइपुगे। भैरव नृत्य दलको टोलीले चार महिना लगाएर युरोपभरि नेपाली लोकनाच तथा लोकगीत पनि प्रस्तुत गरेको थियो। 

युरोपियन मुलकबाट थुप्रै प्रसंशा पत्र तथा मेडल लिएर सांस्कृतिक टोली नेपाल फर्कियो। तर, नेपालमा भने सुलसुले र छुस्याहरूले दरबारमा पोल लगाइ सकेका थिए। ‘युरोपमा श्री ५ भन्दा नृत्य टोली चर्चित भयो। महाराजको भन्दा बढी चर्चा हुने?’ भनेर उनीहरूविरुद्ध उचालेका थिए। भैरवबहादुर थापा बिस्तारै दरबारको कोपभाजनमा परे। जसकारण निर्देशक थापाले आफ्नो कमलपोखरीस्थित घर–जग्गा बैंकलाई बुझाउनु परेको थियो। तराई–मधेशमा रहेको बाबुबाजेको मौजा पनि हरण भयो। 

nimb
nimb

नृत्य दल छिन्नभिन्न भयो। हरिवंश र जयनन्द तात्कालीन राजकीय प्रज्ञा–प्रतिष्ठानमा जागिरे कलाकार बने। खेलबहादुर र कृष्णबहादुर राष्ट्रिय नाचघरमा घुसे। राम थापा रेडियो नेपाल पुगे। काठमाडौंको महंगी खेप्नै पर्ने थियो सबैले। घरबाट सुको–सेन्टी आउँदैन थियो। त्यसबेला साइकल चढ्ने कलाकार नातिकाजी, रत्नदास प्रकाश, कृष्णमान डंगोल, शम्भुप्रसाद मिश्र अब्बल तहका मानिन्थे। निजी साइकल हुनु गौरव र इज्जतको विषय हुन्थ्यो। काठमाडौंका सडकमा साइकल पनि कमै देखिन्थ्यो। 

त्यसबेलाका सबै गायक कलाकारका लागि रेडियो नेपालमा गीत गाउनु सम्मानित विषय थियो। जयनन्द लामाले २०३१ माघ १८ गते ‘मौरी त भीरको भीरैमा’ बोलको सेलो भाकाको लोकगीत पहिलोचोटी रेडियो नेपालमा गाउने अवसर पाएका थिए। लोकगीत गायनको चर्चा चल्न थालेपछि रत्न रेकर्डिङले पनि उनलाई ‘डिस्क रेकर्ड’ गर्ने अवसर प्रदान गरेको थियो। 

जयनन्द लामाका चर्चित तथा लोकप्रिय गीतहरु
क) मौरी त भीरको भीरैमा
ख) मूलाको चाना उही चाना
ग) रोटी त ल्याउने सोलीमा 
घ) नाउँ त मेरो अक्कले 
ङ) के गरुँ के गरु यसपाली बर्खा बिहे गरुँ 
च) उँभो उँभो लेकमा मो जाँदा 
छ) हेलम्बु डाँडापारि
ज) हेर्दामा राम्रो क्या राम्रो 
झ) सलल पानी यही बस्यो बानाी 
ञ) कलकत्ते काँइयो केस मेरो बाङ्गो 
ट) लाहुरेको हारेको कर्म 
ठ) केको साँचो डल्ली रेसम 
ड) हे नेप्टी गोरी 
ढ) माया लाउने तिम्ले र हाम्ले आदि। 

यस बाहेक लोकगायक लामाले आफ्ना क्यासेट, सीडी एल्बम साथै रत्न रेकर्डबाट प्रकाशित डिस्क रेकर्डमा पनि विभिन्न खालका लोकगीत रेकर्ड गर्न सफल भएका थिए। प्रसिद्ध गायक धर्मराज थापासँग पनि उनले गीत गाएका छन्, जसको संकलन धर्मराज थापाकै छ। उक्त गीत ‘आइ पुग्यौं रेलैमा नौ बजे बेलैमा, देरादुनैमा साथी देरादुनैमा’ बोलको छ। यसबाहेक लामाले मीरा राणा, ज्ञानु राणा, तारा थापा, राम थापा, तीर्थकुमारी, हरिवंश आचार्यलगायत कलाकारसँग रेडियो नेपालमा लोकगीत रेकर्ड गराएका छन्। उनको ‘कि तिमी बैगुनी’ नामक आधुनिक गीतको एल्बम पनि प्रकाशित छ। 

गायक लामाका पुस्तक
गायक जयनन्द लामाले लोकसंस्कृतिका अनुसन्धानकर्ता पनि हुन्। उनले नेपाली गन्धर्व सङ्गीत पिंगुलको आधारमा ‘सङ्गीत सिद्धान्त’ (२०६५) पुस्तक प्रकाशित गरेका छन्। विभिन्न पत्र–पत्रिकामा लोकसङ्गीतबारे लेखहरू पनि प्रकाशित गरेका छन्। 

अभिनय, निर्माता तथा निर्देशक
राजकीय प्रज्ञा–प्रतिष्ठानको जागिर छोडी उनी लामो समय अमेरिका बसे। त्यहाँबाट फर्केपछि उनले आफ्नै लगानीमा नेपाली चलचित्र ‘मनको चेतना’ निर्माण र निर्देशन गरेका थिए। उनले थुप्रै चलचित्र तथा टेली चलचित्रको निर्देशन गरे। पछिल्लो समय चलचित्रमा अभिनयसमेत गरेका छन्। उनले ‘छक्का–पञ्जा’ चलचित्रमा अभिनय गरेका हुन्।

रेडियो नेपालमा लोकगीत प्रबन्धक
लामा दुई वर्ष रेडियो नेपालको लोकगीत प्रबन्धक नियुक्त भएका थिए। उनकै पहलमा पुराना लोकगायक/गायिकालाई नयाँ लोकगीतहरू रेकर्ड गर्ने अवसर दिलाएका थिए। धर्मराज थापा, कोइलीदेवी, हीरादेवी वाइबा, कृष्णविक्रम थापा, मच्छेश्वर सापकोटा, हीरादेवी राई, भारती उपाध्याय, नगिना जोशी, सुन्दर श्रेष्ठ, सीताराम ताजपुरिया आदि कलाकारका लोकगीत फेरि रेकर्ड भएको थियो।

सोही समयमा जयनन्द लामासँगका यादगार अनुभूति मसँग पनि छन्। काममा ज्यादै खट्न सक्ने, मिहिनेती र इमानदार लामा समयको खुबै ख्याल गर्थे। उनको कार्यकालमा नयाँ पुराना सबै लोकगायक तथा गायिकाहरूले लोकगीत रेकर्ड गराउने अवसर प्राप्त गरेका थिए।

गीत रेकर्डिङका समयमा आफैँ उपस्थित भइ वाद्यवादक बन्धुबीच समन्वयकारी भूमिका निर्वाह गर्नु चानचुने कुरा थिएन। किनकि, त्यसबेला प्रायः सबै वाद्यवादकादि दैनिक जालादारीमा काम गर्ने मात्र थिए।

आफू मात्र गीत गाऊँ भन्ने कुनै लालसा उनीसँग थिएन। स्वार्थ र एकलकाँटे व्यवहार थिएन। बढोपन थिएन। प्रशासक हुँ भन्ने घमन्ड बोलीचालीमा पाइँदैनथ्यो। सँधै सरल र सन्तुलित स्वभावमा रहने कलाकार लामासँग कुन गीतमा कसरी बाजागाजाको संयोजन गर्नुपर्छ भन्ने विशिष्ट खुबी थियो।

नेपाली, अंग्रेजी, उर्दू, हिन्दी साथै आफ्नो मातृभाषा खर्रर बोल्न सक्ने गायक लामा साथीभाइबीच रौसिने र खानपानमा लहसिने खालका थिए। गितार, मादल, डम्फु, हार्मोनी, टुङ्ना र मुरली बजाउन खप्पिस थिए। त्यसैले उनलाई एक व्यक्ति अनेक व्यक्तित्व भन्न सकिएको हो। 

मित्रहरूका नजरमा कलाकार लामा
जयनन्द लामाका समकालीन थुप्रै कलाकारमध्ये अभिनेता कृष्ण मल्ल, कवि तथा गीतकार गगन विरही बालसखा अनि जिल्लाबासी पनि हुन्। कवि विरही दिवंगत भइसके। अभिनेता मल्ल जयनन्द लामाको मृत्युमा ज्यादै दुःखी भएका छन्। उनी भन्छन्– जयनन्द तँलाई यति चाँडै कालले किन र कसरी टिप्यो? मेरा जिल्लाबासी बालसखाहरू मध्ये तँ नै त थिइस् सोझो, भलो र हँसिलो। जस्तै, दुःखमा पनि साथ अनि सहयोग दिइरहने जय तेरो बैकुण्ठ बास होस्। तँसँग युगल रूपमा मञ्चमा गरेका नाटक, हास्य–व्यङ्ग्य अभिनय म यतिबेला सम्झिरहेको छु। पीडा भइरहेको छ। 

चलचित्र निर्देशक तथा कलाकार रमेश बुढाथोकी भन्छन् –जयनन्द दाइ तपाइँसँगका रसिला, भरिला र मुलायम यादहरू हामीलाई छोडेर जानुभयो। कतिपय चलचित्रमा सँगै काम गरियो। यो अप्रत्यासित घटनाले छक्क पारेको छ। मात्र श्रद्धान्जली अर्पण गर्दछु। 

कलाकार तथा चलचित्र निर्देशक लय संग्रौला भन्छन्– चालीस वर्षअघि झापाबाट म काठमाडौं आउँदा मेरा मित्रहरू जयनन्द लामा, कृष्ण मल्ल नै थिए। चालीस वर्षको यो लामो अन्तरालमा जहिले पनि मित्र जयनन्द लामा हँसमुख, फरासिलो र सहयोगी भावनामा अनुभव गरेँ। कहिल्यै रिसाएको देखिनँ। ख्यालठट्टा गरिरहने। कुशल अभिनेता, प्रभावशाली गायकी र सामाजिक सेवामा पनि उत्तिकै खटिरहने एउटा अब्बल व्यक्तित्वको अप्रत्यासित मृत्युमा म स्तब्ध छु। 

साङ्गीतिक संघका वर्तमान अध्यक्ष तथा साधना कला केन्द्रका संस्थापक मिलन मोक्तानको भनाइ छ– आदरणीय दाजु जयनन्द लामा लोकप्रिय कलाकार त हुुनुहुन्थ्यो नै, एक असल र गुणी व्यक्तित्व पनि हुनुहुन्थ्यो। सङ्गीतकार गोपाल योञ्जन र लोकगायक जयनन्द लामालाई पूर्व आईजीपी तथा सहायक मन्त्री डीबी लामा असाध्यै मन पराउनु हुन्थ्यो। कतिपय नेपाल प्रहरीको कार्यक्रममा उहाँहरू छुट्नु हुँदैनथ्यो। हामीले २०४५ सालमा नेपाली लोकसंस्कृतिको उत्थान गर्ने हेतुले ‘डम्फु समूह नेपाल’ स्थापना गरेका थियौं। 

प्रसिद्ध सङ्गीतकार शम्भूजित बासकोटा भन्छन्–जयनन्द लामासँग मेरो चिनजान २०२७–२८ सालतिर रेडियो नेपालमा भएको हो। २०२९ सालपछि क्रमिक रूपमा हामीले सँगसँगै गीत गाउन थालेका हौं। एउटा काम परेर म उहाँलाई भेट्न लालदरबार गएको थिएँ। किनकि, उहाँ त्यहाँ कल्चर प्रोग्राममा कार्यरत हुनुहुन्थ्यो। उहाँ एकदमै मिलनसार, सहयोगी र तीक्ष्ण दिमाग भएका व्यक्ति हुनुहुन्थ्यो। उहाँलाई म एक लेखक, सङ्गीत शिक्षक, उत्कृष्ट दर्जाको गायक प्रस्तुतकर्ताका रूपमा जान्दछु। 

वरिष्ठ गायिका ज्ञानु राणा भन्छिन्– जयनन्द लामा प्रतिभाशाली गायक हुन्। उनीसँग म राजकीय प्रज्ञा–प्रतिष्ठानमा निक्कै लामै समय काम गरेको हुँ। हँसिलो मान्छे। कहिल्यै रिसाएको मैले देखिनँ। कसैसँग झगडा गरेको थाहा छैन। माइ डियर थिए जयनन्द भाइ। उनले र मैले सेलो गीत ‘हेलम्बु डाँडापारि’, ‘सुनन कान्छा सुनन’ दुईटा गाएका थिर्याैं। २०३५ सालतिरै होला यी गीत गाएको पनि। सबै खालका लोकगीत गाउने खुबी थियो उनीसँग। विदेशमा मैथिली लोकगीत पनि उनले र मैले गाएका थियौँ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बुलु मुकारुङ
लेखकबाट थप
के थिएनन् र जयनन्द लामा?
जातिगत लोकबाजा कतिकति, तर अधिकांश लोपोन्मुख
सुदूरपश्चिमको विवाह परम्परा : लोकबाजालाई महत्त्व, विधि पनि अलग्गै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्