• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

सुदूरपश्चिमको विवाह परम्परा : लोकबाजालाई महत्त्व, विधि पनि अलग्गै

64x64
बुलु मुकारुङ शनिबार, माघ १, २०७८  १८:२९
1140x725
तस्बिर : बुलु मुकारुङ

संस्कृतिलाई सामान्य या गहन दुवै किसिमले बुझ्न सकिन्छ। विश्व सभ्यताले अनेकन् संस्कार–संस्कृतिको विकास गरेको छ। किनकि, विश्वमा विभिन्न जातजाति तथा वर्गका मानिस छन्। तिनका आ–आफ्नै लोकपरम्परा, प्रचलन अनि रीतिरिवाज छन्। संस्कार, सभ्यता, आस्था, विश्वास र प्रचलनले नै संस्कृतिको उन्नयन गरिल्याएको छ। मानिसले आ–आफ्ना मान्यता, परम्परा र प्रचलनअनुसार धर्म–संस्कृतिको विकास पनि गरिल्याएको छ।

नेपाली समाजले मङ्सिर महिनालाई विशेष रुपमा लिने गरेको पाइन्छ, अन्न–अनाज र बिहेबारीका लागि। वर्षभरिका लागि अन्न आवश्यक छ भने वंश, परिवार तथा समाज विस्तारका लागि विवाह पनि त्यतिकै अनिवार्य छ। डोटी दिपायल क्षेत्रमा मङ्सिरमा मात्र होइन माघ, फागुन, वैशाख, जेठ, असार जस्ता अन्य महिनामा पनि बिहे गर्ने प्रचलन छ। अन्य भेगमा पनि यस्तो प्रचलन छ।

सूदुरपश्चिमको डोटी दिपायल क्षेत्रमा गरिने मागी बिहे परम्परा भने अन्य भेगको भन्दा केही फरक छ। यस लेखमा कतिपय स्थानीय डोटेली शब्दावली परेका छन्। जो स्थानीय भाषा, भाषिकामा आधारित छन्।

बुलु मुकारुङ

१. चिठा मिलाउने
मागी बिहेका लागि केटा पक्षले केटी माग्न जानुभन्दा पहिला चिठा–चिना मिलाउने चलन छ। चिठा मिलाउन केटा पक्षका बाहुन र केटाका बा, बडाबा वा काका जाने गर्छन्। केटा–केटीको चिठा दुवै पक्षका बाहुनले हेर्छन्। त्यसलाई वर्ग हेर्ने पनि भनिन्छ। वर्ग भनेको बाघ, बिरालो, सर्प, गरुड, माछा, पानी, भ्यागुता, गाई, भेडा आदि हो। वर्ग मिलेपछि साइमुन्द्रा लाउने वा माग्न जाने गरिन्छ। 

२. साइमुन्द्रा लाउने
बिहे पक्का गर्नु वा पार्नुलाई नै साइमुन्द्रा भन्ने गरिन्छ। साइमुन्द्रालाई स्थानीय बासिन्दा साग ख्वाउने पनि भन्छन्। यो सगुन ख्वाउने प्रचलन पनि हो। सगुनका रूपमा हरियो साग, दही, माछा, फलफूल आदि खानेकुरा लिएर साँझ केटीका घरमा जाने गरिन्छ। ती खानेकुरा केटी पक्षका घरपरिवार तथा नातागोताले लिएपछि बिहे गर्ने दिनको टुंगो लगाइन्छ। त्यसपछि छाप्रा खाने चलन छ। 

३. छाप्रा खाने
बिहे हुनुभन्दा अघि केटीतर्फ कति घर–परिवार तथा नातागोता छन् त्यति नै छाप्रा लिएर केटातर्फबाट जानुपर्छ। छाप्रा लैजाँदा डालोभरि सेलरोटी, लाउन–पुरी लिएर जानुपर्छ। केटीका मामाले जिउँदो बोका नै छाप्राका रुपमा खान पाउँछन्। चेलीहरुले हरियो पातले बेरिएको पोका पाउँछन्। त्यस पोकाभित्र अलिक थोरै सेलराटी नै राखिएको हुन्छ। चेलीहरू भन्नाले केटीका बिहे गरिसकेका दिदी–फुपूहरू हुन्। 

४. बेहुलाको भेषभूषा
यदि, बेहुलाको व्रतबन्ध गरिएको छैन भने अघिल्लो दिन व्रतवन्ध गरिन्छ। जन्ती जानुअघि बेहुलालाई नयाँ भेषभूषाका साथ ढाडतर्फ ढाल, कम्मरमा तरबार, शीरमा माउर, गलामा फूल, दुबो आदिको मालाले सिँगारिएको हुन्छ। हिजोआज ढाल, तरबार भिर्ने चलन लोप हुँदै गइरहेको छ।
बेहुलालाई कतै घोडा, कतै कार्पेट, दापदानी अर्थात् कुर्सी जस्तै बोक्न सकिने उलिङकाठमा राखेर जन्ती लाने गरिन्छ। अप्ठ्यारो स्थानमा घोडाको प्रयोग गरिन्छ भने बाटोघाटो पुगेको ठाउँमा बस, मोटरकार प्रयोग हुन थालेको देखिन्छ। 

nimb
nimb

५. धुलाई अर्घ
बेहुलीको घरमा पुगेपछि केटीका बाबुले बेहुलाको पूजा गर्नु नै धुलाई अर्घ चलन हो। फूलपाती, नरिवल आदि सामाग्रीले पूजा गरेपछि केटीका बाबुले ज्वाइँको गोडा धोएर घरभित्र बनाइएको पूजा मण्डपमा लगिन्छ। जहाँ सत्यनारायण पूजा गर्दै बेहुला–बेहुली दुवै पक्षका बाहुनले शास्त्र–वादविवाद गोत्रचार गर्ने प्रचलन छ। त्यसपछि गोडा धुने गरिन्छ। 

६. फाग गायन
गोडा धुने क्रममा बेहुलीलाई नयाँ कपडा, गहना, उपहार आदि निम्तालु परिवारले दिने गर्छन् भने सोही क्रममा महिलाहरुले फाग गायन पनि गर्छन्। फाग बेहुली पक्षको पारिवारिक प्रशस्ति गायन पनि हो। जसमा बेहुलीको साथै बाजे, बराजु, बाबुआमा, मामा तथा परिवारका बारेमा कथानक गीत गाउने गरिन्छ, त्यसैलाई फाग गायन भनिन्छ। फाग गायन डोटी क्षेत्रको संस्कार लोकगीत नै हो। तथापि, फाग गायन भजनका रुपमा पनि गाइने र यसले सगुनको स्वरूप धारण गर्ने गरेको देखिन्छ। 

७. विवाह सडो
सेतो कपडा बेहुला–बेहुलीको कम्मरमा बाँधेर जनै, सुपारी आदि हातमा लिएर बेहुलीका बाबुले संकल्प गरी बेहुलाको हातमा राखिदिन्छन्, त्यसलाई विवाह सडो भनिन्छ। विवाह सडो छोरी ज्वाइँलाई सुम्पेको अर्थात् ‘आजदेखि जिम्मा लगाएँ’ भन्ने संकल्प हो। यसपछि बेहुला–बेहुलीलाई भोज खान दिइन्छ। अरु घरगाउँले निम्तालु आदिले भने यसअघि नै भोज खाइसकेका हुन्छन्। 

८. लगन
बाहिर आँगनमा बनाइएको मण्डप बेहुलाको मण्डप हो। त्यो मण्डप पनि बेहुली तर्फबाट नै बनाइएको हुन्छ। बिहे मण्डपमा बेहुली–बेहुलालाई माइती पक्षले बोकेर ल्याउने गरिन्छ। पूजाविधि सकिएपछि पहिला सेतो कोरा कपडा शिरमाथि राखेर तीन चोटी सिन्दुर राखिन्छ। त्यसपछि मात्र कपडा हटाएर सिउँदोमा सिन्दुर हाल्ने गरिन्छ। सिन्दुर हाल्दा माइतीहरूले हेर्नु हुँदैन भन्ने लोकप्रचलन छ। लगन हुँदा बाजागाजा बजाउने गरिन्छ। 

९. सरौली बिहे
बाजागाजामा कम खर्च गरेर बिहे गर्नुलाई सरौली बिहे भन्ने गरिन्छ। सरौली बिहेमा केवल एउटा मात्र ट्याम्को बाजा प्रयोग गरिन्छ। हुनेखानेले ढोली बाजा प्रयोग गर्छन्। ढोली बाजा भनेको साना–ठूला दमाहा बाजाको समूह हो। यो समूह १० देखि २५ जनासम्मको हुन्छ। कसैले पञ्चैबाजा समूह पनि प्रयोगमा ल्याउँछन् भने गच्छेअनुसार कसैले हुड्के समूह त कसैले छलिया नाच समूहलाई समेत समावेश गर्छन्। 

हुड्के नाचमा दमाई, पार्की आदि जातिको सहभागिता रहन्छ। छलिया नाचमा भने वादी जाति रहन्छन्। हुड्के नाचमा एकजना हुड्को बजाउँदै नाच्ने, एकजना केटा नै महिलाको भेषभूषामा र अर्को जना मुखुण्डो लगाएर हास्य अभिनयमा नाचेर दर्शकलाई मनोरञ्जन दिन्छन्। बेहुला बेहुली विदाइ गर्दा घरपरिवारलाई नराम्रो लाग्ने हुनाले पनि यही नाचले सबैलाई भुलाउने गर्छ। खर्चबर्च घटाउन सरौली बिहे गरे तापनि जन्ती समूह भने कम हुँदैनन्।

१०. फाँचो–कुटुरो
बेहुली घर भित्राउनुअघि बेहुलाको आमाले दैलोमा पूजा गर्ने चलनलाई फाँचो–कुटुरो भनिन्छ। सागको मुठा, दहीको ठेकी दैलामा राखेर चामलको पोको (जस्लाई फाँचो कुटुरो भनिन्छ) बेहुलीको टाउकोमा राखेर घरभित्र लगिन्छ। भित्र ५, ७ वा ९ बाता (दुनामा बालिएको बत्ती) राखिएको हुन्छ। त्यसलाई बेहुलीको दाहिने खुट्टाको बूढी औंलाले एउटा बाँकी राखेर मार्दै जानुपर्छ। बूढी औंला बेहुलाले पक्रिनुपर्छ। एउटा बाता बाँकी राख्नुको अर्थ ‘म स्वयम् मात्र रहुँ बाँकी सौता नलागुन्’ भन्ने हो। 

११. जैती चलन
चामलको पिठोले घरको पूर्वतिरको भित्तामा बेहुला बेहुलीको प्रतीकात्मक तस्बिर बनाइन्छ। त्यसमा तेल हालेर पूजा गरिन्छ भने बेहुलीले जति जना सासू छन् उनीहरूका मुन्टा (कपाल)मा तेल लगाउनुपर्छ। भित्ताको तस्बिर र मुन्टामा तेल हाल्ने चलन नै जैती हो। जसको अर्थ दीर्घायूको कामना पनि हो। 

१२. डुरो ढोग
निगालोले बुनेको डुरो (सानो भकारी) भित्र चामल भरेर राखेर त्यसभित्र एउटा कम्पनी पैसा बेहुलाको आमाले लुकाउने र पालैपालो बेहुला र बेहुली हातले खोज्ने गरिन्छ। आमाले लुकाउने र नव वरवधुले खोज्ने क्रम पाँच पटक चल्छ। जतिपटक भेटियो त्यति नै पटक आमालाई वरवधुले ढोग्नुपर्छ। यस विधिलाई डुरो ढोग चलन भनिन्छ। यसपछि वरवधुलाई घरगाउँलेहरुले टीकाटालो गर्ने गरिन्छ। आशीर्वादसहित वरवधुलाई पैसा, कपडा, गहना, चुरा, औंठी आदि सामान मुख देखाउने रूपमा दिने गरिन्छ। साइनोअनुसार वरवधुले सबैलाई ढोगभेट गर्दछन्। 

यस प्रचलनको मुख्य धेय भनेको सासुले छोरा–बुहारीलाई भण्डार जिम्मा लगाउने अर्थात् अनाजको भकारीको हकदार तुल्याउने सामाजिक चलन देखिन्छ। यसले के पुष्टि गर्दछ भने बुहारीलाई चुलोचौको तथा घरको सबै जिम्मेवारी सुम्पिएको देखिन्छ। 

१३. कोचाकोच चलन
कोचाकोच परम्परा रमाइलो प्रचलन पनि हो। दही, मही वा खानेकुरा वरवधुले आफूले खाएपछि तुरुन्तै अर्कालाई जुठो ख्वाउने गरिन्छ। यसैलाई कोचाकोच चलन भनिन्छ। कोचाकोच प्रक्रिया सम्पन्न हुँदा भेलाभएका निम्तालुहरूलाई निक्कै रमाइलो हुने गर्छ। दर्शकले होहल्लासहित हाँसो, ठट्टा, मजाक गर्छन्। वरवधुबीच लाज पचोस् भनेर पनि यो विधि गरिएको स्थानीय बताउँछन्। वधु भित्रिएको दिन वरसँग सुत्न दिँइदैन। 

१४. पन्यारो देखाउने
बिहेको भोलिपल्ट बिहान उठेर वधुले पानीको धारा वा कुवामा गइ नुहाउने, पूजा गर्ने र बिहेको दिन नाडीमा बाँधिएको हल्दो अर्थात् पँहेलो डोरो फुकाउने, पानीको पूजा गर्ने, वरवधुका लुगा धुने साथै एक गाग्री पानी लिएर घर आइ कुलदेवतालाई पानी चढाउने गरिन्छ। यो कार्य पन्यारो अर्थात् पँधेरो देखाउने परम्परा हो। भात–भान्साका लागि पँधेरो देखाउनुपर्ने हुँदा यस्तो परम्परा सुरु गरिएको हो। यसपछि अन्तिम संस्कार दुकाउन–हुर्काउन गरिन्छ। 

१५. दुर्काउन हुर्काउन
घरभन्दा नजिकै बाटोमा पुगी रोटी, साग, दही आदि खानेकुरा वरवधुलाई टपरीमा दुई भाग लगाउने र आफूले खाने। वरवधु दुवैले आफू खाँदै त्यही जुठो एकले अर्कालाई ख्वाउने र घर फर्की सँगै सुत्ने विधिलाई ‘दुर्काउन हुर्काउन’ संस्कार भनिन्छ। दुर्काउन हुर्काउन प्रचलन वरवधुलाई सँगै सुत्न दिने सामाजिक स्वीकृतिको विधि हो। जसले नवदम्पतिलाई बच्चा पाउनेसमेतको अधिकार दिन्छ।

१६. बाज्जै बरियात
बिहेबारीका दिन एउटा मात्रै दमाहा बजाइयो भने सरौली बरियात भनिन्छ। ३०–३५ देखि ५५–६० जनाको बाजा वादक समूह तथा छलिया नाचको छत्तीस नगरासमेतलाई समावेश गरिएको हुन्छ भने त्यस्तो बिहेलाई बाज्जै बरियात भनिन्छ। बाज्जै बरियात अलिक खर्चालु हुनाले जोकोहीले गर्न सक्दैनन्। यस्तो बिहे दुई वा तीन दिनको बिहे हुने गर्छ। 

बेहुलाको घरबाट जन्ती निस्किनुअघि र बेहुलीको घर पुग्नुअघि करिब एक डेढ किलोमिटर टाढादेखि नै बाज्जै बरियातको झाँकी वादनसहित अगाडि बढ्दछ। वादक समूहको भेषभूषा र वादन कलाले आकर्षक हुने जन्ती यात्रा हेर्दा नै कतिको सम्पन्न परिवारको बिहे हो भन्ने थाहा हुन्छ। 

बेहुलीको घरभित्र बिबाहको अनुष्ठान भइरहँदा आँगन वा खेतबारीको फाँटमा दाइनो–बायो बाजा समूहको वादन र विभिन्न नाच प्रदर्शन हुन्छ। हिजोआज एकदिने बिहे हुने भएकाले कमै मात्रमा बाज्जै बरियात हुने गर्छ। यो निक्कै खर्चालु पनि हुन्छ। 

कहिलेकाहीँ बिहे गरिने नाता–कुटुम्बाका सल्लाहबमोजिम एकतर्फ कै बाज्जै बरियातले काम चलाउने पनि गरिन्छ। कतै बेहुलीका तर्फबाट मात्र एक जना हुड्के नचाउने चलन पनि देखिन्छ। सरौली बिहे वा बाज्जै बरियातले बिहेबारी हुने घरपरिवारको आर्थिक हैसियत सामाजिक रूपमा पनि उजागर हुने गर्छ। कतिपय सन्दर्भमा औकात प्रदर्शनका लागि पनि बाज्जै बरियात गरिन्छ। जन्तिभन्दा पनि बाजागाजा वादक समूह बढी हुँदा आँगनमा नअट्ने हुनाले खेतबारीमा मेला, जात्रा उत्सव जस्तै हुन्छ। यस्तो हुँदा आँगनमा भइरहेको बिहे संस्कार नै ओझेलमा पनि परेको देखिन्छ। 

(स्रोत : अमरसिंह साउद (५८), महादेव द्वारिया क्षेत्री (५५) डोटी, नरबहादुर हमाल (५८) डडेलधुरा, उजिरसिंह विश्वकर्मा (६५) अछामसँग २०७२ मङ्सिरमा गरिएको कुराकानी। साथै लेखकको प्रत्यक्ष अवलोकन।)

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बुलु मुकारुङ
लेखकबाट थप
के थिएनन् र जयनन्द लामा?
जातिगत लोकबाजा कतिकति, तर अधिकांश लोपोन्मुख
सुदूरपश्चिमको विवाह परम्परा : लोकबाजालाई महत्त्व, विधि पनि अलग्गै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्