काठमाडौं- रुसले युक्रेनमाथि आक्रमण गरेपछि च्याम्पिअन्स लिग फुटबलको फाइनल खेल रुसमा नहुने भएको छ। अब फाइनल खेल फ्रान्समा हुने जनाइएको छ।
यसअघि युरोपेली फुटबल क्लबहरुको सबैभन्दा ठूलो खेल पिटर्सबर्गमा मे २८ मा हुने कार्यक्रम तय भएको थियो। तर बिहीबारबाट फ्रान्सले युक्रेनमा आक्रमण थालेसँगै फाइनल खेल आयोजनास्थल फेरिएको छ।
युइएफएको शुक्रबार बसेको बैठकले फाइनल खेल फ्रान्समा गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।