काठमाडौं- जावलाखेल युथ क्लब र संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो अन्तिम खेलमा बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेल्दै यो सिजनको लिगको अन्त्य गरेका हुन्। जावलाखेलका सुनिल खड्काले गोल गर्दा संकटाका उत्तम राईले बराबरी गोल फर्काए। खेलको १४औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए।
ओनगुना जुनियरले बल अघि बढाउँदै कटब्याक दिएको पासमा सुनिलले खाली पोस्टमा बललाई जाली चुमाए। ६१औं मिनेटमा उत्तम राईले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। सुवास गुरुङको कर्नरमा उत्तमले हेडरमार्फत् गोल गरे र खेल बराबरीमा सकाए।
बराबरीसँगै संकटाले लिगमा १३ खेलबाट १६ अंक जोड्यो। यता, जावलाखेलले समान खेलबाट १४ अंक जोड्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।