काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुनरागमन जित निकालेको छ। बिहीबार राति सम्पन्न खेलमा आर्सनलले उल्भ्समाथि २–१ गोलको पुनरागमन जित निकालेको हो।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर आर्सनलले जित निकालेको हो। खेलको १०औंं मिनेटमा ह्वाङ हि चानले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए।
खेलको ८२औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए। खेलको इन्जुरी समयमा उल्भ्सका जोसे साले आत्मघाती गोल गरेपछि आर्सनल २–१ ले विजयी भयो।
यस जितसँगै २४ खेलमा ४५ अंक जोडेको आर्सनल पाँचौं स्थानमा रहेको छ। पराजित उल्भ्स ४० अंक जोडेर सातौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।