काठमाडौं– बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ। इटालियन क्लब नेपोलीलाई दोस्रो लेगमा ४–२ ले पराजित गर्दै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो।
बार्सिलोनाले समग्रमा ५–३ को जित निकालेको छ। पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो। डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा बिहीबार राति सम्पन्न खेलमा घरेलु टोलीविरुद्ध बार्सिलोना हाबी बनेको थियो।
बार्सिलोनाको जितमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले गोल गरे। नेपोलीका लोरेन्जो इन्सिग्नेले एक गोल फर्काए र माटेयो पाेलिटानाेले गोल फर्काए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।