काठमाडौं- अजायी मार्टिन्सको निर्णायक गोलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको सुखद् अन्त्य गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेल सातदोबाटोले रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबलाई १–० ले पराजित गरेको हो।
खेलको छैटौं मिनेटमा मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए।
पिटर सेगुनले दिएको क्वइक फ्रिकिकलाई सुदीप गुरुङले दिएको चलाखीपूर्ण पासमा अफसाइड बिट ट्याप गर्दै मार्टिन्सले गोल गरे। त्यही गोल नै सातदोबाटोको जितमा निर्णायक बन्यो।
जितसँगै सातदाबाटोको लिगमा १३ खेलबाट २१ अंक पुगेको छ। अब न्यूरोड टिम (एनआरटी) र मनाङ मस्याङ्दी क्लबले अंक गुमाएको खण्डमा सातदोबाटो लिगमा तेस्रो हुनेछ।
पराजित च्यासल ६ अंक जोडेर लिगमा पुछारमा रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।