फाइल तस्बिर
काठमाडौं– एएफसी एसियन कप-२०२३ को छनोटअन्तर्गत तेस्रो चरणमा नेपाल कठिन समूहमा परेको छ। बिहीबार दिउँसो एएफसी मुख्यालय क्वालालम्पुरमा सम्पन्न अन्तिम चरणको ड्रमा नेपाल चौथो पटमा रहेको थियो। ड्र अनुसार नेपाल इन्डोनेसिया, जोर्डन र कुवेतसँगै समूह ए मा रहेको छ। यस समूहको सबै खेल कुवेतमा हुने एएफसीले जनाएको छ।
नेपाल एसियन कप छनोटको दोस्रो चरणमा समूहको चौथो स्थानमा रहेको थियो। अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइसम्मिलित समूहमा नेपालले २ जित र ६ हारसहित ६ अंक जोडेको थियो। नेपालले दुवै खेलमा चाइनिज ताइपेइलाई पराजित गरेको थियो।
छनोटमा कुल २४ टोलीको सहभागिता रहनेछ। सहभागी ६ समूहका शीर्षस्थानमा रहने टोली र ५ उत्कृष्ट दोस्रो हुने टोलीले चीनमा हुने एएफसी एसियन कप खेल्नेछन्। छनोटका सबै खेल जुन ८ देखि १४ सम्म हुने एएफसीले जनाएको छ।
नेपालसहित माल्दिभ्स, ताजिकिस्तान, अफगानिस्तान, मंगोलिया र श्रीलंका पहिलो पटक एसियन कप खेल्ने प्रयासमा छन्।छनोट चरणका खेलहरु भारत, कुवेत, किर्गिस्तान, मलेसिया, मंगोलिया र उज्बेकिस्तानमा आयोजना हुनेछन्। हालसम्म १३ टोलीले भने एसियन कपमा स्थान पक्का गरिसकेका छन्।
दोस्रो चरणमा समूह विजेता बनेका अस्ट्रेलिया, इरान, जापान, दक्षिण कोरिया, कतार, साउदी अरेबिया, सिरिया र यूएईसँगै आयोजक चीन अघि छनोट भइसकेका छन्। इराक, लेबनान, ओमान र भियतनामले पनि स्थान बनाइसकेका छन्।
यस्तो छ ग्रुप विभागजन :
समूह बी : फिलिपिन्स, यमन, मंगोलिया र प्यालेस्टाइन
समूह सी : उज्बेकिस्तान, माल्दिभ्स, श्रीलंका र थाइल्यान्ड
समूह डी : भारत, अफगानिस्तान, कम्बोडिया र हङकङ
समूह ई : मलेसिया, बंगलादेश, बहराइन र तुर्कमेनिस्तान
समूह एफ : किर्गिस्तान, म्यानमार, सिंगापुर र ताजिकिस्तान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।