काठमाडौं– युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। बुधबार राति सम्पन्न खेलमा एट्लेटिको र म्यानचेस्टरले १–१ गोलको बराबरी खेलेका हुन्।
एट्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो। एट्लेटिकोका लागि जोआओ फेलिक्सले गोल गर्दा म्यानचेस्टरका एन्थोनी इलांगाले बराबरी गोल फर्काए।
खेलको सातौं मिनेटमै फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। एन्थोनी इलांगालेखेलको ८०औं मिनेटमा बराबरी गोल फर्काएका थिए।
बराबरीसँगै दुवै टोलीको च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित छ। एट्लेटिकोको तुलनामा म्यानचेस्टर युनाइटेडले अवे गोलको फाइदा लिन सक्नेछ। दोस्रो लेगमा यही नतिजा कायम रहे युनाइटेड अवे गोलको आधारमा क्वाटरफाइनलमा प्रवेश गर्नेछ। दोस्रो लेग १५ मार्चमा युनाइटेडको मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।