काठमाडौं– बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ। घरेलु मैदानमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकमाथि ६–० को सानदार जित निकालेको हो।
डर्टमुन्डको जितमा कप्तान मार्को रिउसले दुई गोल गरे भने तीन असिस्ट दिएपछि दिए।सिग्नल इडुना पार्कमा घरेलु टोलीको फराकिलो जितमा कप्तान मार्का रिउसले दुई तथा डोनेल मालेन, मारिअस वल्फ, युसुफो मौकाको र इम्री कयानले समान एक गोल गरे। पहिलो हाफमा २–० को अग्रता लिएको डर्टमुन्डले दोस्रो हाफमा थप चार गोल थपेको थियो।
खेलको २६औं मिनेटमा कप्तान मार्काे रिउसको गोलबाट डर्टमुन्डले सुरुवाती अग्रता बनाएको थियो। ३२औं मिनेटमा डोनेल मालेनले गोल गर्दै डर्टमुन्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। उनले कप्तान मार्काे रिउसको पासमा गोल गरेका थिए।
७०औं मिनेटमा कप्तान रिउसकै पासमा मारिअस वल्फले गोल गरेपछि डर्टमुन्ड खेलमा ३–० ले अघि बढ्यो। लगत्तै ७४औं मिनेटमा युसुफो मौकाकोले कप्तान रिउसकै पासमा गोल गर्दै डर्टमुन्डलाई ४–० ले अघि बढाए। खेलको ८२औं मिनेटमा कप्तान रिउसले म्याट हमेल्सको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इम्री क्यानले पेनाल्टीमा गोल गर्दै डर्टमुन्डलाई ६–० को सानदार जित दिलाए।
यो जितसँगै दोस्रो स्थानमा रहेको डर्टमुन्डको २३ खेलबाट ४९ अंक पुगेको छ। डर्टमुन्ड शीर्षस्थानको बायर्न म्युनिखसँग ६ अंकले पछि छ। बायर्नको समान खेलबाटै ५५ अंक छ। पारजित बोरुसिया मोन्चेनग्लाडवाक २६ अंक जोडेर १३औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।