काठमाडौं- वेस्ट इन्डिजलाई टी२० सिरिजमा ३–० ले पराजित गर्दै भारतीय क्रिकेट टोली आईसीसी टी२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। भारतीय टोलीपछि इङ्ल्यान्ड दोस्रो र तेस्रो नम्बरमा पाकिस्तानको टोली छ।
रोहित शर्माको कप्तानीमा भारतीय टोलीले कोलकातामा खेलिएका तीनवटै टी२० खेलमा शानदार जित दर्ता गरेको थियो। किरण पोलार्डको नेतृत्वमा रहेको टोलीले पुनरागमनका लागि निकै प्रयास गरे सफल भएन। भारतले तीन खेलको एकदिवसीय सिरिजमा वेस्ट इन्डिजलाई पनि ३–० ले हराएको थियो।
यसपछि भारतले श्रीलंकासँग बिहीबारदेखि सुरु हुने तीन टी२० खेलको सिरिज खेल्ने छ। तर, टी२० मा खेलाडीको वरियतामा ब्याटिङको कुरा गर्ने हो भने शीर्ष १० मा भारतका दुई खेलाडी मात्रै छन्।
केएल राहुल चौथो नम्बरमा छन् भने विराट कोहली १० नम्बरमा छन्। पाकिस्तानका कप्तान बाबर आजम पहिलो नम्बरमा छन्। बलर र अलराउन्डरको टी२० वरीयतामा भारतसँग कुनै पनि खेलाडी छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।