काठमाडौं- नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्ट सेन्ट्रल एसियन भलिबल एसोसियसन (सीएभीए) को विकास तथा प्रशिक्षण कमिटीको सदस्यमा नियुक्त भएका छन्।
गत फेब्रुअरी ७ मा बसेको सीएभीएको बोर्ड बैठकले प्रशिक्षक भट्टलाई कमिटीको सदस्य नियुक्त गरेको हो। भट्टको कार्यकाल २०२० देखि २०२३ सम्म रहेको सीएभीएले जनाएको छ। सीएभीएले प्रशिक्षक भट्टलाई नियुक्ति पत्रसमेत पठाएको छ।
प्रशिक्षक भट्टको नेतृत्वमा महिला टोलीले गत पुसमा बंगलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।