काठमाडौं- ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्। काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको हो।
उपत्यकाको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री सेन्टर सञ्चाल गरिरहेका अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई नियन्त्रणमा लिएको हो। अग्रवाललाई केही दिन अघि बैकिङ कसुरको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
लेनदेनसम्बन्धि उजुरीका आधारमा उनी पक्राउ परेका हुन्। अग्रवालले करोडौं ऋण लिएका थिए। चार वटा बैंकमा उनको करिब एक अर्ब रुपैयाँ ऋण छ।
पुसको अन्तिमसाता उनीसहित परिवारका ९ सदस्य नेपाल छोडेर भारत पुगेका थिए। त्यसपछि उनी माघ अन्तिमसाता काठमाडौं आएर पत्रकार सम्मेलन गरेका थिए। परिवारका सदस्य बिरामी भएकाले सम्पर्कमा नरहेको बताएका थिए। अग्रवालले ऋण तिर्दै व्यवसाय सञ्चालन गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।